भारतको उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

  • साउन २२, २०७९ | ३३६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित हुनुभएको छ । हिजो भएको मतदानबाट पश्चिम बङ्गालका पूर्व गभर्नर धनखर नयाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

उपराष्ट्रपतिका विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई ३ सय ४६ मतले पराजित गर्दै धनखर उपराष्ट्रपतिमा चयन हुनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खसेको सदर ७ सय १० मतमध्ये धनखरले ५ सय २८ र विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १ सय ८२ मत प्राप्त गर्नुभयो । १६औँ उपराष्ट्रपति चुनावका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७ सय ८० सांसदमध्ये ७ सय २५ सांसदले मतदान गरेकोमा पन्ध्र मत अमान्य भएको घोषणा गर्नुभयो ।

भारतमा नयाँ उपराष्ट्रपतिका लागि हिजो मतदान भएको थियो । धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब