ठाकुर र यादवलाई भेटेर राउतले गरे चुनावी सहकार्यको प्रस्ताव

  • साउन २२, २०७९ | ५८७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ  ।  जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सहकार्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसमक्ष प्रस्ताव राखेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी घोषणा गरेका राउतले लोसपा र जसपा अध्यक्षहरूसँग सहकार्यको प्रस्ताव गरेका हुन् । 

आगामी निर्वाचनमा कसरी सहकार्य गरेर अगाडि बढ्ने भन्नेबारे ठाकुर र यादवसँग छलफल गरेको आइतबार राउतको सचिवालयले जानकारी दिएको हो । सामाजिक सञ्जालमार्फत ठाकुर र यादवसँग केही दिन पहिले राउतले भेट गरेर उक्त प्रस्ताव राखेको भनिएको छ ।

'आगामी निर्वाचनमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा चर्चा पनि भएको हो । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरूसँग पनि विभिन्न चरणको संवाद जारी छ । एकातिर ५-७ ठूला दलहरूको गठबन्धन हुने भएपछि जनमत पार्टी एक्लै, कसैसँग कुनै सहकार्य नै नगरी जानु स्थानीय निर्वाचनमा झैं आत्मघाती हुन सक्छ । त्यसैले जिल्ला/निर्वाचन क्षेत्रअनुसार समझदारी र सहकार्य हुनसक्ने सम्भावना पनि छ,' राउतले ठाकुर र यादवसँगको छलफलबारे उल्लेख गरिएको छ ।

राउतले आफू जन्मे/हुर्केको क्षेत्र भन्दै प्रतिनिधिसभा निर्वाचनमा सप्तरी-२ बाट उम्मेदवार बन्ने सार्वजनिक गरेका थिए । २०७४ सालको निर्वाचनमा उपेन्द्र यादव निर्वाचित भएको क्षेत्रमा राउतले दाबी गरेपछि दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुने चर्चा हुन लागेको थियो । सो विषयलाई लिएर पनि राउतले सचिवालयमार्फत प्रतिक्रिया दिएका हुन् ।

'जसपा अध्यक्ष उपेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्र बदल्दै आउनुभएको छ । उहाँ पहिला मोरङ, पछि सुनसरी, त्यसपछि सप्तरी आउनुभएको हो र यसपालि सप्तरीबाट लड्नुहुन्न भनेर चर्चा हुँदै आएको छ,' राउतको सचिवालयले भनेको छ, 'जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि केही दिन अगाडि डा. राउतको निकै सकारात्मक भेटघाट भएको हो । उहाँहरूले अर्को क्षेत्र रोज्नुहुन्छ र डा. राउतलाई सघाउनु हुन्छ भनेर हामी विश्वस्त छौं ।'

राजनीतिमा कामअनुसार समर्थन, विरोध र सकहकार्य अपरिहार्य भएको भन्दै सप्तरी २ बाट राउत उम्मेदवार बन्ने कुरालाई यादवको विरुद्ध भएको भनेर चर्चा गरिनु उपयुक्त नभएको राउतको सचिवालयको भनाइ छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब