युवा परिषदले घोषणा गर्‍यो गजल, टिकटक र युट्युब प्रतियोगिताका विजेता

  • साउन २६, २०७९ | ३०४ पटक पढिएको | सीमा संदेश
alt

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित नेपाली गजल , टिकटक र युट्युब भिडियो  प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। 

परिषदद्वारा सार्वजनिक गरिएको नतिजा अनुसार गजल प्रतियोगितामा डोटीका समीर ओझा प्रथम, खोटाङका  विक्रम चेतनशील राई द्वितीय , कास्कीका संयोग बस्याल तृतीय र झापाकी सरु आचार्यले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।

यसैगरी युट्युव भिडियो प्रतियोगितामा कास्कीका अभ्यासराज चालिसे प्रथम, सुनसरीका तीर्थराज विश्वकर्मा द्वितीय, सुर्खेतकी प्रिशिला गिरी तृतीय र कपिलबस्तुका  खुमबहादुर सुनारले सान्त्वना स्थान हासिल गरेका छन्।

यस्तै टिकटक प्रतियोगितामा काठमाडौंकी काजोल कार्की प्रथम, नवलपरासीका आश्विन परियार द्वितीय,  दाङकी मनिषा परियार तृतीय र इलामका विनोद लोहारले सान्त्वना स्थान हासिल गरेका छन्।

सवै प्रतियोगितामा प्रथम हुनेलाई चालीस हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने  राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

सप्ताहव्यापी कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाएको परिषदले विदेशबाट फर्किएका युवासँग उद्यम परिसंवाद, नव उद्यमी युवालाई अभिमुखीकरण, कर्णाली युवा संवाद, सरसफाइ लगायतका विविध  कार्यक्रम आयोजना गरेको छ।

अगष्ट १२ गते अन्तर्राष्ट्रिय युवा दिवसको दिन तदनुसार श्रावण २७ गते राष्ट्रिय सभा गृहमा आयोजित मुल समारोहमा विजेताहरूलाई  पुरस्कार तथा प्रमाणपत्र दिइनेछ । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहनेछ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब