सिरहा । सामुदायिक बिद्यालयहरुमा सूचना अधिकारी तोक्न सिरहाका प्रमुख जिल्ला अधिकारीले आदेश गरेको छ ।
सूचनाका अभियन्ता परशुराम साहले ,सूचनाको हक सम्बन्धि ऐन, नियमावलीमा भएको ब्यवस्था कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्र गर्न जिल्ला प्रशासन कार्यालय सिरहामा लिखित निबेदन दिएपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले त्यस्तो आदेश गरेको हो ।
प्रजिअ कवाडीले, सामुदायिक बिद्यालयहरुलाइ ऐनमा भएको ब्यवस्था कार्यान्वयनका लागी सामुदायिक बिद्यालयहरुलाइ निर्देशन दिन शिक्षा बिकास तथा समन्वय इकाइलाइ आदेश दिइएको हो ।
सूचनाको हक सम्बन्धि ऐन ,२०६४ को दफा ६ को उपदफा १ र सूचनाको हक सम्बन्धि नियमावली ,२०६५ को नियम २४ मा सूचना अधिकारी तोक्ने र त्यस्तो सूचना अधिकारीको नाम,पद,सम्पर्क न,इमेल,कोठा न सार्वजनिक गर्ने ब्यवस्था छ ।
बिद्यालयहरुको कामकाज पारदर्शी न हुदा शिक्षामा बेथिती मात्र होइन शिक्षकको आत्मसम्मान , पेसागत बिकास र सुरक्षामा चुनौती थपिएको भन्दै साह शिक्षा सुधारका लागि सूचना औजारको प्रयोग गरेको बताउछन।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved