जनकपुरधाममा झडप, ९ जना पक्राउ

  • भदौ ३, २०७९ | ५४० पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, भदौ ३ गते । जनकपुरधाममा फुटपाथ व्यवसायी र नगरप्रहरीबीच झडप भएको छ ।जनकपुरधाम स्थित जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको हो ।

कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगरप्रहरीबीच झडप भएको जानकी चोकका स्थानीयले बताएका छन् ।

नगरप्रहरीले बल प्रयोग गरेको देख्दा स्थानीय युवाहरू पनि आक्रोशित भएका थिए । सोही क्रममा भनाभन भई झडप भएको थियो । नगरप्रहरीले स्थानीय एक ६ वर्षीय बालकमाथि समेत लाठी प्रहार गरेको बताइएको छ ।

झडप भएको खबरपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले जानकी चोकका किशन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायतका ९ जनालाई नियन्त्रणमा लिएको हो ।

जनकपुरधाम उपमहानगरले फुटपाथ खाली गराएपनि व्यववस्थापन नगरेको भन्दै व्यवसायीहरु आन्दोलनमा छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब