प्रदीप गिरि चाहन्थे, मेरो शरीर सिरहाको बस्तीपुरमै बिसाइदिनू

  • भदौ ५, २०७९ | ६१४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । कांंग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम संस्कार आर्यघाटमा गर्ने सूचना पार्टी कार्यालयले वक्तव्यमार्फत दिएको छ ।

स्वयम् गिरिले आफूलाई भेट्न आउनेहरूसामु सिरहाको बस्तीपुरमा अन्त्येष्टि गराइदिन आग्रह गरेको थाहा भएको छ । गिरिसँगका अति निकटहरूले यो खुलाएका हुन् ।

४० वर्षदेखि गिरिसँग सान्निध्यमा रहेका कांग्रेस नेता रामपल्टन साहले पछिल्लो भेटमा पनि गिरिको सोही इच्छा रहेको बताए ।

गिरिसँग अझ पुरानो संगतमा रहेका कुमुदरन्जन बरालले भनेका छन्, ’प्रदीप दाइले पाकैडको रुखलाई हातले देखाउँदै भन्नुभएको थियो, म मरेपछि मलाई यही रुख छेउ जलाउनू। यसो भन्दा उहाँले भावुक भएर आँसु झार्नुभएको थियो ।’

पत्रकार किशोर नेपालले यसको पुष्टि गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘प्रदीप दाइ चाहनुहुन्थ्यो, उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा बस्तीपुरको शान्त बस्तीमा होस् । उहाँको यो इच्छा पूरा गर्न म सरकार र सम्बन्धितहरूसँग आग्रह गर्छु ।’

गिरिको परिवारसँग जोडिएका व्यक्तिहरूले काठमाडौंमा अन्त्येष्टि गर्न लागिएको भन्दै असन्तुष्टि जनाएका छन् । – अनलाइनखबर

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब