सिरहा । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । विज्ञप्ती अनुसार गिरिको मृत्यु २०७२ मा भएको उल्लेख गरिएको छ ।
कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालले आज नेता गिरिको निधनमा शोक बिदा दिएको बताउनुभयो ।
पालिकाका जनतालाई सरल र सहज सेवा दिन नसकेको नगरपालिका कर्मचारीहरुको दक्षताले सिंगो पालिकालाई लिजित नै बनाईरहेको छ । हुन त दैनिक रुपमा पालिकामा कर्मचारी समयमा नभेटने र जनताका काम आलटाल गरि गर्ने कर्मचारीले एउटा विज्ञप्ती जस्तो कुरो गल्ती गरि प्रकाशन गर्नुले सिंगो नगरवासीलाई नै लजित गराएको नगरवासीले बताउँछन् ।
लहान नगरपालिका–१४ का गिरिको निधनमा लहानले हिजो सार्वजनिक बिदा दिएको थियो । गिरिको अस्ति राति उपचारका क्रममा निधन भएको थियो ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved