सिरहा, १० भदौ । सडक विकास गरिरहेको काठमाडौ महानगरपालिकाको मेयर बालेन साह भन्द आजकल सिरहा मेयर नवीन कुमार यादबको सिरहा नगरपालिकामा चर्चा कम छैन् । निर्वाचनको वेला सिरहा विकास भएन्न, सिरहाको विकास मेरो नेतृत्वमा मात्र हुने नारा दिईएपनि नगरपालिकामा हालसम्म विकास देखिएन्, चर्चा मात्र भयो । तर आजकल फेरि मेयर सहाबको चर्चा पुनः बढेको छ । सडक डिभिजन कार्यालय लहानले माडर चौहर्वा सहायक राजमार्ग निर्माण तथा विस्तारका लागि जारी गरको सूचनाले सिरहा बजारलाई कुरुप बनाई बसेकाहरु बिच खुब चर्चा र छलफल सुरु भएको छ ।
माडर सिरहा चोहर्वा NH20 चार लेन स्टैँडर्डका सडक निर्माण तथा स्तर उन्नती गर्न ठे.नं. 14/RDLHN/33701138/078/79-67 अन्तर्गत ठेक्का व्यवस्थापन गर्ने कार्य सम्पन्न भैसकेकाले यथाशीघ्र निर्माण कार्या शुरु गराउन पर्ने भएकोले सडकको केन्द्र रेखा देखि दयाँ र बायाँ २५/२५ मिटर मापदण्ड रहेपनि हाललाई निर्माण कार्य शुरु गर्न १५/१५ मिटर सडक सीमा भित्र अतिक्रमण गरि बनाईएको संरचना हटाउन लगाई सहयोग गर्न सिरहा नगरपालिकालाई पत्र लेखेको छ ।
यता सिरहा नगरपालिकाले सिरहा खैरटोका भन्सार देखि सिरहा नगरपालिका क्षेत्र भित्रका सडक नेपाल सरकार राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ तथा सार्वजनिक सडक ऐन २०३१ को दफा ३ बमोजिम सडक सीमा तोकी नेपाल सरकार राजपत्रमा सूचना प्रकाशन गरीएको अनुसार सडक खण्डको बीच भागबाट १५/१५ मिटर दायाँ र बायौ सीमा उल्लेख गरी सीमा भित्र रहेको संरचना हटाउन १५ दिनेको समय दिइएको मेयर सहाबको हस्तरक्षित सूचान जारी गरेको छ । त्यसै अनुसार पालिकाले सडकको केन्द्रबाट १५/ १५ मिटर दायाँ र बायौमा चिनो लगाउने कार्य पनि शुरु गरेको छ ।
तर यस्ता सूचना र सीमामा चिनो सिरहा बजार क्षेत्रका लागि नयाँ होइन् । पहिला पनि कति पटक बजार सुन्दरता तथा दुर्घटना नियन्त्रणका लागि सडक खाली गराउन चिनो लागइयो । नव निर्वाचित मेयर यादबले बितेका कार्यकालको .३ महिना भित्रमा यो दोस्रो पटक चिनो लगाउने कार्य भईरहेको छ ।
हुन त कुरुप सिरहा बजार क्षेत्र विकास हुनु पर्नेमा ९९ प्रतिशत नगरवासीका सहमती छन् । तर राजनीति तथा केही विशिष्ट कहलिएका व्यत्तिहरुका संरचना रहेका कारण बजार खाली हुन सकेको छैन् । त्यही बजारका केही सडक खण्डमा कमजोर तथा राजनीति पहुँच नभएका व्यक्तिहरुका संरचना नेपाल सरकारको नियम लागू गरी खाली गराइएका छन् । एउटै सडकको एउटै बजारमा फरक-फरक नेपाल सरकारको कानून सिरहा बजारमा कार्यन्वयन छ।
नव निर्वाचित मेयर यादबले पनि त्यस्ता राजनीतिक चरित्र देखाउन छोडेको छैन । केही दिन अगाडी मेयर सहाबको नेतृत्वमा सिरहा बजार क्षेत्रमा नेपाल सरकारको कानूनलाई ढाकछोप गरी जनतालाई गुम्राह गरी काखापाखको सिद्धान्तमा सडकको केही क्षेत्रमा ८ मिटर दायाँबायौ र केही क्षेत्रमा ५०/५० फिट दायाँबायाँ गरी सडक विस्तारको सीमा चिनो लगाउनु भयो । त्यो सीमा चिनो पनि जनता माथिको दवाब, प्रभाव र प्रचारमा मात्र सिमित भयो ।
सडक डिभिनजले पठाएको पत्रमा उल्लेख गरिएको कुरालाई फेरि ढाकछोप गरी यादबले जारी गरको मापदण्ड १५/१५ मिटर मात्र देखाएको छ । तर डिभिजनको मापदण्डमा २५/२५ मिटर दायाँबायाँ उल्लेख गरी १५/१५ दायाँबायाँ खाली गराउन भनिएको छ । सरकार अनुसारका मापदण्ड बनाई जनतालाई पाउँनु पर्ने सूचनामा जालझेल स्पष्ट देखिएको छ ।
अहिले सिरहा नगरपालिका मेयरको विकाससे भिजनको परीक्षा भईरहेको छ । पटक-पटक विकासको नारा लागउने मेयर सहाब आफ्ना प्रतिवद्धताबाट पछाडी हटिरहेको स्पष्ट देखिन्छ । यसपलट जनताले ग्रेड वृद्धिका लागि मौकको प्रतिफल कुरिरहेका छन । सडकमा घर भएको एक जना घरपट्टीले नाम नउल्लेख गर्ने शतेमा भने, यो सब मेयर सहाबको नाटक मात्र हो । कतै खाली गराउन सक्दैन् । यसका लागि अर्को विकल्प मात्र सम्भव छ । यस विषयमा सबैको आन्तरीक सहमती छन् । अहिले तोडने होइन, लोढने कार्य भईरहेको उहाँले बताउनु भयो।
यस पटक सडक विस्तार कार्य नभए उहाँको कुरा सत्य सावित हुनेछ । यस सत्य प्रमाणितका लागि राजनीतिक खेल शुरु भईसको छ । यदि त्यस्तै भए मेयर सहाब माथि जनताका अर्को प्रश्न जाइज हुनेछन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved