सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाको बिच सडकमै डिभिजन वन कार्यालय लहानले वृक्षा रोप्न गरिएको छ ।
गाउँपालिकाको वडा नं. ३ र ४ को बिचमा रहेको सोनवर्षा चौक देखी उत्तर जाने सहिद रमेश महतो मार्गमा आ.व. २०७८।०७९ को रु. २५ लाख बजेटको बिच सडकमै विभिन्न प्रजातिका ९०० विरुवा लगाएको हो । सोनवर्षा चौक तथा भारत सीमासाँग जोडिएको उक्त सडक बेस्त र गाडीको बढी चाप हुने भएकोले दैनिक वृक्षा रोप्न क्षेत्रमा दुर्घटना भईरहेको स्थानीयवासीले बताए।
स्थानीयवासीका अनुसार उक्त सडक ६० फिट चौडा भएपनि कुन आधारले बिचमै वृक्षा रोप्न गरियो थाहा छैन् । हामीले नबेलको होइन, तर असार मसान्तमा हतार गरी वृक्षा रोप्न गरियो र यस विषयमा स्थानीय सरकार पनि केही नबोलेपछि हामी पनि चुप लागियौँ । हतार-हतारमा वृक्षा रोप्न कार्यले सबैको मिलोमतोमा भ्रष्टाचार भएको स्पष्ट देखिन्छ स्थानीयहरुका भनाई छन्।
वृक्षा रोप्न गरको डिभिजन वन कार्यालय लहानले गाउँपालिकालाई संरक्षण गरी दिनु हुन पत्र पठाएको छ । तर कति विरुवा रोप्ने भने कुरा स्पष्ट खुलाएको छैन प्रमुख प्रशासकीय अधिकृत राज किशोर साहले बताए । यस विषयमा बुझन् सम्बन्धी वाडा कार्यालयहरुलाई पत्र पठाए पनि जनप्रतिनिधिहरुका ध्यान जना सकेन्न । वृक्षा रोप्न कार्य नियम विपरित नै भएको साहले स्वीकार गरे ।
वृक्षा रोप्नका विषयमा डिभिजन वन कार्यालय लहानको नि. डिभिजन वन अधिकृत शैलेन्द्र कुमार मिश्राले भने, कार्यक्रम कार्यन्वयनको वेला म प्रमुख थिएन्, सुभाष दास हुनुहुथ्यो । मैले भर्ख अनुगमन गरेको छु । साढे चार किलो मिटरमा वृक्षा रोप्न गरिएको छ । धेरै विरुवा मरेको पनि त्यसका लागि फेरि लगाउन निर्देशन गरको छु । सकडकै बिचको सवालमा स्थानीय सरकारले भन्नु पर थियो । लागउन दिन नदिन कार्य स्थानीय सरकारकै हो । स्थानीय सरकारकै सहमतीमा भएको होला मिश्रले बताउनु भयो ।
हो वातावरणका लागि वृक्षा रोप्न गनु रोम्रो कार्य हो । तर यसरी सार्वजनिक सडकमा नेपाल सरकारकै निकायहरुबाट अतिक्रमण गर्नु दुःख हो । जनतालाई नमूना गाउँपालिकाको सपना देखाएका नव जनप्रतिनिधिहरु पनि यस विषयमा केही नबोल्नु वृक्षा रोप्न कार्यक्रम पनि शंकाका घेरमा पर्छ । हुन त ९०० विरुवा लगाएको भनिन्छ । तर त्यती नै परिणामा विरुवा लगाएका देखिदैन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved