दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्दै

  • भदौ २०, २०७९ | ३६९ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै  ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् ।

कतिपय शीर्ष नेताहरु चाहिँ एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ । स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुको नाम समेटेर प्रदेश र केन्द्रमा पठाएपछि केन्द्रले निर्णय गर्नेछ । 

अहिलेसम्म मुख्य पार्टीका धेरैजसो शीर्ष नेताहरुको नाम सिफारिस भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ, उहाँको नाम सिफारिस हुन बाँकी छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन-३ र गोरखा-१ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाण्डौ-२, रौतहट-१ र ४ बाट सिफारिस हुनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सिरहा-१ र २, बारा-२ र मोरङ-५ बाट सिफारिस हुनुभएको छ । 

यसैगरी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाण्डौ-५ बाट, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट र नेता शेखर कोइराला मोरङ-६ बाट सिफारिस हुनुभएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२, उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन-१, उपाध्यक्ष युवराज ज्ञवाली दाङ-३ र महासचिव शङ्कर पोखरेल दाङ-२ बाट सिफारिस हुनुभएको छ ।

कांग्रेस उपभासपति पूर्णबहादुर खड्का सुर्खेत-१ र उपसभापति धनराज गुरुङ स्याङ्जा-१, महामन्त्री गगन थापा काठमाण्डौ-४ र विश्वप्रकाश शर्मा झापा-१ बाट सिफारिस भएका छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटालाई माओवादी केन्द्रले सिन्धुपाल्चोक-१ बाट सिफारिस गरेको छ । 

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब