अपाङ्गता भएका व्यत्तिलाई सहज सेवा उपलब्ध गराउँछ : मेयर साह

  • भदौ २१, २०७९ | ३२२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । अपाङ्गहरुले नगरपालिकाबाट पाउने सेवा सुविधामा कुनै प्रकारको कमि आउन नदिने कल्यापुर नगरपालिकाका प्रमुख रामपुकार साहले प्रतिबद्धता जाहेर गरेका छन्। दलित विकास मञ्च सिरहाको आयोजना, कल्याणपुर नगरपालिकासँगको सहकार्य र सीवीएम ग्लोबलको साझेदारीमा संचालित ‘सवैको लागि समावेशी’ कार्यक्रमको उद्घाटन गर्दै अपाङ्गताको क्षेत्रमा आफ्नो तर्फबाट गर्न सकिने सवैकाम गर्ने प्रतिबद्धता जनाएका हुन्।

मेयर साहले अन्य नागरिक सरह नै अपाङ्गता भएका व्यत्तिहरूलाई सेवा सुविधा प्रदान गर्न नगरपालिकाका कर्मचारीहरूलाई निर्देश समेत दिएका छन्। एनले अपांग समुदायलाई सक्षम तथा आत्मनिर्भर बनाउने खालका योजना र बजेट समेत विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरे।

एद्घाटन कार्यक्रममा कल्याणपुर नगरपालिका १२ वटै वडामा कार्यक्रम सञ्चालन गरिने दलित विकास मञ्च सिरहाका कार्यकारी निर्देशक संजय महराले जानकारी दिए।

कार्यक्रममा कल्याणपुर नगरपालिकाका उपमेयर रेखा यादब, सवै वडाका वडाअध्यक्षहरु, सवै शाखाका शाखाप्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

एद्घाटन कार्यक्रममा सीवीएम ग्लोवलका विमल पौडेलले आफूहरु स्थानीय सरकारसँगको सहकार्यमा अपाङ्गताका क्षेत्रमा केही गर्न सकिन्छ की भनेर आएका छौं; यसका तपाईहरुको साथ सहयोग चाहिएको बताए।

कार्यक्रमबारे जानकारी संस्थाका कार्यक्रम संयोजक जितेन्द्र रायले गराएका थिए।

संस्थाका अध्यक्ष रूणा कुमारी महराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन फिल्ड सुपरभाइजर रविन महराले गरेका थिए।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब