मधेश प्रदेश लोकसेवा आयोगको परीक्षा भद्रगोल

  • असोज ४, २०७९ | ४११ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, असोज ४ गते । लोकसेवा आयोगको परीक्षा आफैमा संवेदनशील हुन्छ । जहाँबाट छनोट भएर निजामती सेवामा प्रवेश भइन्छ । केन्द्रको हकमा लोकसेवा आयोगको अभ्यास पूरानो छ । तर, संघीय प्रणालीमा देश गएपछि प्रदेशको लागि यो बिलकुलै नयाँ अभ्यास भइरहेको छ । परीक्षा, ब्यवस्थित, मर्यादित हुनु पर्छ । तर, मधेश प्रदेश लोकसेवा आयोगले लिने गरेको परीका भद्रगोल देखिएको छ ।

प्रदेश लोकसेवा आयोगले लिएको सहायक पाँचौ र चौथो तहको परीक्षामा भद्रगोल अवस्था देखिएको त्यहा खटिएका कर्मचारीहरुले बताएका छन् ।

प्रशासन तर्फका सहायक चौथो तहको २१२ पदको लागि लिएको परीक्षाको लागि ८ हजार ४५२ जनाले दर्खास्त दिएका थिए । सोमबार जनकपुरको ४१ वटा परीक्षा केन्द्रमा परीक्षा लिइएको छ ।

लोक सेवा आयोगबाट प्रश्नपत्र सिलबन्दी भइ परीक्षा केन्द्रमा पुग्नु पर्नेमा केही केन्द्रमा खुला रुपमा पुगेको र सिल फुटेको पाइएको परीक्षा केन्द्रमा खटेका कर्मचारीहरुले बताएका छन् ।
प्रश्न(पत्र ब्याण्डलमा ९ए० ९बी० र ९सी० समूहको छुट्टाछुट्टै हनु पर्नेमा परीका केन्द्रमा मिसाएरै पुर्याउने गरिएको छ ।
गत शनिबार लिएको सहायक पाँचौ तहको परीक्षामा समेत यस्तै व्यतिथि देखिएको राराब क्याम्स परीक्षा केन्द्रमा खटेका अर्का कर्मचारीले बताए

ुप्रश्नपत्र प्याकिङ गर्दा
मापदण्ड पुरा गरेको छैन । निजामति अनुभवी कर्मचारी गार्डको रुपमा खटाउनु पर्नेमा निजी विद्यालयका शिक्षक, एनजिओ आइएनजिओका कर्मचारी र पहुँचको भरमा जथाभावी व्यक्तिलाई खटाएको देखियोु परीक्षामा खटेका अर्का कर्मचारीले भने ।

त्यति मात्र होइन परीक्षा समाप्त भएपछि प्रहरीको साथमा उत्तर पुस्तिका सुरक्षित सम्बन्धित निकायमा पुर्याउनु पर्नेमा त्यसो नगरी कर्मचारी आफै एकलै लिएर जाने गरेका छन् ।

यसरी अव्यवस्थित रुपमा लोक सेवा आयोगको परीक्षा लिँदा दक्ष क्षमतावान व्यक्ति छाँटिने र अदक्ष व्यक्ति पास हुने सम्भावना प्रवल रहेको धनुषा साइन्स क्याम्पसमा गार्डमा खटिएका एक कर्मचारीको भनाइ छ ।

सिलबन्दीमा प्रयोग हुने सिल ९लाहा० गुणस्तरहीन भएकोले यस्तो समस्या आएको प्रदेश लोकसेवा आयोगका सदस्य महारुद्र झाले बताए ।

सिलबन्दी सबैमा थियो । प्रश्नपत्र पठाउँन सिलबन्दी गर्ने बेला सिल ९लाहा० त्यसबाट उप्किन्छ । हामी त्यसलाई चेन्ज गरेका छौुं सदस्य झाले भने ु सिल जनकपुरमै किनिएको थियो। त्यो ल्याउँदा पनि हामीले महसुस गरेका थियौं । प्रश्नपत्र पठाएर हामीले यस विषयमा आन्तरिक छलफ गर्यौं यो टुट्छ किन भनेर ।ु
परीक्षामा निजामती सेवाका कर्मचारीलाई खटाउन जनशक्ति अभाव भएका कारण अन्य क्षेत्रबाट पनि गार्डको रुपमा खटाएको उनको भनाइ छ ।

परीक्षा केन्द्रबाट प्रश्नपत्र सुरक्षित रुपमा आयोगमा आइसकेको र प्रश्नपत्र कतै आउट नहुनुलाई सफल न‌ै मान्नु पर्ने उनको तर्क छ । परीक्षामा हुने कमीकमजोरीलाई भोलीको दिनमा अझ प्यवस्थित बनाउने सदस्य झाले बताए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब