निर्वाचन अधिकृतकाे कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिने (निर्वाचन क्षेत्र सूचीसहित)

  • असोज ५, २०७९ | ८९१ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले जिल्ला सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने ३५ वटा जिल्ला रहेका छन् ।

त्यस्तै दुई वा त्यो भन्दा धेरै प्रतिनिधिसभा सदस्य निर्वाचित हुने जिल्लामा जिल्ला सदरमुकाम र बाहिर पनि कार्यालय स्थापना हुनेछ । दुई जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने २१ जिल्ला, तीन जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने ७ वटा, चार जना निर्वाचित हुने ९ जिल्ला, पाँच जना निर्वाचित हुने तीन जिल्ला र ६ वा त्यो भन्दा माथि निर्वाचित हुने मोरङ र काठमाण्डौ गरी दुई जिल्ला रहेका छन् ।

सबैभन्दा धेरै काठमाण्डौमा १० वटा निर्वाचन कार्यालय स्थापना हुनेछन् । यसअघिका चुनावमा  जिल्लाको  सदरमुकाममा नै  मुख्य निर्वाचन अधिकृत र  निर्वाचन अधिकृतको  कार्यालय स्थापना हुँदै आएकोमा अहिले सदरमुकामबाहिर पनि खोल्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

हेर्नुस् सूची :

Press_2079_6_4

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब