घाँसकाट्न गएकी महिलाको रहस्यमय मृत्यु

  • असोज ८, २०७९ | ३९६ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरी, ८ असोज। महोत्तरीमा घाँसकाट्न गएकी एक महिलाको रहस्यमय मृत्यु भएको छ। घरबाट शुक्रवार अपरान्ह घाँसकाठ्न हिडेकी जिल्लाको मटिहानी १ धिरापुरकी ४० वर्षिया अमना खातुन शरीरका अङ्गहरुबाट रगत वगिरेहेको अवस्थामा मृत फोला परेको हो।

उनको शव गाउँदेखि करिब एक किमी पूर्व बिगही खोलाको बाँसघारीमा फेला परेको जिल्ला प्रहरीले महात्तरीले जनाएको छ।
मृतकको शरीरको विभिन्न भागमा रगत देखिएकोले हत्या भएकोे हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डिएसपी चन्देश्वर यादवका अनुसार शुक्रबार घाँसकाट्न निस्केका उनको शव रातको अवेरमात्र फेला परेकोले घटनाबारे अनुसन्धान भईरहेको बताए।

शुक्रवार अपरान्हतिर घरबाट घाँस काट्न गएकी अमना बेलुका अवेरसम्म घर नफर्केपछि परिवारजनले प्रहरीलाई खवर गरेका थिए। घटनाका जानकारीपछि प्रहरीले खोजी कार्यसुरु गरेको बताइएको छ।

उहाँको श्रीमान मो. अनसारुल अन्सारी रोजगारीका लागि केही समयदेखि परदेशमा छन्।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब