निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने

  • असोज ११, २०७९ | ३५४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ ।

गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिने भएको छ ।सरकारले भयरहित रूपमा निर्वाचन सम्पन्न गराउन तीनवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेपछि सेनाले मतदान स्थलको बाहिरी सुरक्षा गर्ने भएको छ ।सरकारले निर्वाचन स्थलको सुरक्षाका लागि भित्री भागमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीलाई खटाउने भएको छ ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले ७१ हजार ६ सय ३१ जना र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।उहाँले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले सुरक्षा दिँदै आएको महत्वपूर्ण संरचनाको सुरक्षामा खटिएका प्रहरीलाई समेत त्यहाँबाट निकालेर निर्वाचन सुरक्षामा खटाइने जानकारी दिनुभयोे ।नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका संरचनाको सुरक्षाको जिम्मा निर्वाचन सम्पन्न नहुँदासम्म नेपाली सेनाले गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले ३५ हजार आफ्ना सुरक्षाकर्मी निर्वाचनमा परिचालन गर्ने भएको छ ।आउँदो निर्वाचनमा तीन वटै सुरक्षा निकायका २ लाख २५ हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि खटिने भएका छन् । मतदानस्थलको बाहिरी क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले आफ्नो तायरी शुरू गरेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो ।गृह मन्त्रालयले तयार पारेको विषेश सुरक्षा योजनाअनुसार नेपाली सेना निर्वाचन हुने मितिभन्दा ३० दिन अघिबाट निर्वाचन सुरक्षाका लागि खटिने भएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्ले गत भदौ १७ गते निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले गत भदौ २७ गते निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो ।मन्त्रालयले तयार पारेको एकीकृत सुरक्षा योजनामा पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा नेपाली सेनाले सुरक्षा दिने उल्लेख छ ।

मन्त्रालयले सुरक्षा संवेदनशीलताको आधारमा मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी ३ भागमा वर्गीकरण गरेको छ । सामान्य मतदान स्थलमा ३ प्रहरी ५ म्यादी प्रहरी, संवेदनशीलमा ३ प्रहरी ६ म्यादी र अति संवेदनशीलमा ३ प्रहरी र ९ जना म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।आउँदो निर्वाचनका लागि निर्वाचन आयोगले देशभर १० हजार ८ सय ९१ मतदान स्थल र २२ हजार २ सय २६ केन्द्र कायम गर्ने निर्णय गरेको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब