सिरहा,१४ असोज । चोहर्वा सिरहा सडक खण्ड NH-20 चार लेन सडक निर्माण कार्य सिरहा सदरमुकामबाट सुरु भएको छ ।
चार लेन सडकको बिच भागबाट १५ मिटर दायाँ र बार्यामा ढल नाला निर्माण कार्य सुरु गरको छ । उक्त कार्य सिरहा सदरमुकाम बजार क्षेबबाट सुरु गरिएको छ । पानीको ठुलो डुवान क्षेत्रका रुपमा रहेको सिरहा सदरमुकाम बजार चार लेन सडक निर्माणसँग जोडिएको ढाल नाला निर्माणले थप जोखिम बढाउन सक्छ ।
ढाल नाला निर्माणको मापदण्डले सिरहावासिलाई दिर्घकालिन डुवानको जोखिम बढाउन सक्छ । हाल निर्माण भईरहेको ढल नाला निर्माण संरचनाले नगरवासिहरुलाई डुवनाको चिन्ता बढाएका छन् । नगरवासिहरुका चिन्तालाई स्थानीय सरकार तथा सम्बन्धि सरोकारवालाहरुका ध्यान जान जरुरी रहेका छन् । यदि अहिले सम्बन्धि सरोकारवालाहरुका ध्यान नगए पानीमा वालुवा हालिएको जस्तै सम्भावित जाखिमसँग ठुलो क्षति सहनु पर्ने छ ।
मापदण्ड अनुसार ढल नाला १ मिटर चोडा र ६० सेन्टिमिटर उचाईमा मात्र निर्माण भईरहेको छ । चार लेन सडक ठेक्का निर्माण कार्य ओम शाई कन्ट्क्सन सप्तरीले गरिरहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved