निर्वाचन आयाेगले भन्याे– ‘आमसञ्चार माध्यमकाे अनुगमन गर्दैनाैँ’

  • असोज १४, २०७९ | ३४१ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै ।  निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरीतका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरूको अनुगमन गर्ने उद्देश्य राखेर 'प्रेस अफिस'  स्थापना गरेको हो । 

आज शुक्रवार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गर्नुभयो । प्रेस अफिसको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले याे अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न काम गर्ने बताउनुभयो । त्यस्तै चुनावसँग सम्बन्धित कुराहरूको उत्पादन गर्दै डिजिटल माध्यम र आमसञ्चार माध्यमबाट सम्प्रेषण गरिने पनि उहाँले उल्लेख गर्नुभयो । सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत राजनीतिक दल तथा उम्मेदवारले आचारसंहिता विपरीतका क्रियाकलाप गरेको विषयमा पनि प्रेस अफिसमार्फत अनुगमन हुने उहाँकाे भनाइ छ ।  

प्रमुख आयुक्त थपलियाले आयोगले आमसञ्चार माध्यमको अनुगमन नगर्ने स्पष्ट पार्नुभयो । आयोगले आमसञ्चार माध्यमको अनुगमन गर्ने धृष्टता कहिल्यै नगर्ने उहाँको भनाइ छ । उहाँले कस्ता विषयवस्तुहरू गइराखेका छन् र त्याे विषयवस्तुले निर्वाचन व्यवस्थापनमा कत्तिको सहजीकरण भएको छ भन्नाका लागि आन्तरिकरूपमा विश्लेषण गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आयाेगले आमसञ्चार माध्यमकाे अनुगमन गर्न सुरु गरेछ भन्ने कुरा सुन्ने गरेकाे छु । हामीले त्यस्तो धृष्टता कहिल्यै गर्दैनौँ । तपाईँहरू यसमा ढुक्क हुनु भए हुन्छ । आमसञ्चार माध्यमको अनुगमन भनेको अरू कसैले गर्ने होइन, स्वयम् आमसञ्चार माध्यमले नै गर्ने हो ।’

आयोगले हरेक दिनको गतिविधि समेटेर बेलुकी ६ बजेभित्र ई–बुलेटिन प्रकाशन गर्ने पनि आयुक्त थपलियाले जानकारी दिनुभयो । आयोगमा प्रवक्तासँगै थप तीन जना सहायक प्रवक्ता पनि बनाएको र विषयवस्तु हेरेर सहायक प्रवक्ताहरूसँग पनि सूचना लिन सकिने उहाँले बताउनुभयो । प्रेस अफिसमा आयोगका प्रवक्ताको नेतृत्वमा २७ जना विभिन्न क्षेत्रका कर्मचारी रहने उहाँले उल्लेख गर्नुभयो । 
यस्तै तीन जना विभिन्न क्षेत्रका विज्ञलाई पनि नियुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।

आयुक्त थपलियाले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका निम्ति आमसञ्चार माध्यमको अत्यन्त महत्त्वपूर्ण भूमिका रहने भन्दै पत्रकार आचारसंहिता २०७३ का प्रावधानहरूलाई चुनावमा प्रयोग गर्न आग्रह पनि गर्नुभयो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब