चुनाव खर्चको सीमा निर्धारण

  • असोज १६, २०७९ | ७३८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने खर्च सीमा निर्धारण गरेको छ ।

आयोगको आज आइतवार सम्पन्न बैठकले निर्वाचन क्षेत्रको क्षेत्रफल, मतदाता सङ्ख्या र मतदान केन्द्रलाई आधार बनाएर चुनावको खर्चको हद निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । आयोगले प्रतिनिधि सभामा बढीमा ३३ लाख र प्रदेश सभामा बढीमा लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फका निर्वाचन क्षेत्रलाई पाँच वटा समूहमा वर्गीकरण गरेर त्यहीअनुसार खर्चको अधिकतम सीमा तोकेको हो । जसअनुसार प्रतिनिधि सभातर्फ २५ लाख, २७ लाख, २९ लाख, ३१ लाख, ३३ लाखसम्म खर्च गर्न पाइने गरी समूह विभाजन गरिएको छ ।

यस्तै प्रदेश सभाका निर्वाचन क्षेत्रतर्फ १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी विभाजन गरिएको आयोगले जनाएको छ । आयोगले खर्च सीमा तोक्दा मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार मानेको छ ।

यस्तै मतदान केन्द्र सङ्ख्या र निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रलाई २०र२० प्रतिशत भार मानिएको आयोगले जनाएको छ । आयोगको निर्णयअनुसार सबभन्दा कम काठमाण्डौका निर्वाचन क्षेत्र नम्बर १, ३, ६, ७ र ८ गरी पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् ।

यस्तै देशका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । ५२ वटा निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले ३१ लाख रुपैयाँसम्म चुनावमा खर्च गर्न पाउनेछन् भने २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले सबभन्दा धेरै ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

समानुपातिकको हकमा दलहरूले पेस गरेको बन्दसूचीमा सूचीकृत सङ्ख्याअनुसार प्रति–उम्मेदवार दुई लाख रुपैयाँ खर्च गर्न पाइनेछ । प्रदेश सभाका समानुपातिक उम्मेदवारहरूको हकमा एक लाख ५० हजार रुपैयाँ चुनाव खर्च निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब