मधेश लोकसेवा आयोगको परीक्षा : उम्मेदवारभन्दा बढी कसरी भयो पास ?

  • असोज १८, २०७९ | ३५९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रदेश लोकसेवा आयोग मधेसले प्रशासन सेवा, अधिकृत सातौं तहको रिजल्ट प्रकाशनमा त्रुटी रहेको भन्दै सामाजिक सञ्चाललमा आलोचना हुन थालेपछि आयोगले विज्ञप्ति जारी गरेको छ ।

आयोगका उपसचिव एवम् प्रवक्ता गंगेश गुञ्जन झाले विज्ञप्ति जारी गरेर नतिजा प्रकाशन सम्बन्धी भ्रामक समाचार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा सम्प्रेषन भई गलत कमेन्ट र सेयर भएकोमा आयोगको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनका अनुसार विज्ञापनको विज्ञापन अवधीमा कुल २६१८ जनाले आवेदन दिएका थिए । जसमध्ये लिखित परीक्षा संचालन हुनु अगाडी ३८ जनाको दरखास्त फाराम विज्ञापनको सूचना अनुसार नभई अस्विकृत भयो । र २५८० जना स्विकृत परीक्षार्थीहरुको लागि प्रश्नपत्र, हाजिरी र सिट प्लान लगायत तयारी गरी लिखित परीक्षा संचालन भयो ।

परीक्षा पश्चात गरिएको नतिजा प्रकाशनमा कुनैपनि अनियमितता नभएको आयोगका प्रवक्ता झाले विज्ञप्तीमा दावी गरेका छन् । उनले उपरोक्त सम्बन्धी कुनैपनि जानकारी चाहिएमा कानून बमोजिम आयोगमा सम्पर्क राख्न र भ्रामक प्रचार प्रसारको भागी नबन्न अनुरोध गरेका छन् । साथै आयोगको सम्मानमा आघात पुयाएको पाईएमा कानून बमोजिम कारबाहीको प्रक्रिया थाल्ने चेतावनी समेत विज्ञप्तमा दिइएको छ ।

तर आयोगले उम्मेदवार अर्थात् परीक्षार्थी संख्या २५६७ मात्र रहेको भनेर निकालेको सूचना र नतिजा प्रकाशन गर्दा २५६७ रोल नम्वरसम्म समावेश भएको सूचना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जनमत पार्टीका विद्यार्थी नेता पोसन यादवले आयोगले गल्ती गरेको वा त्रुटी भएको हुनसक्ने विषयमा छानविन हुनुपर्ने बताउँछन् । उनले भने, ‘आयोगकै सूचना हेर्दा १२ जना विद्यार्थी पछि थप गरिएको देखिन्छ । र उनीहरु सबै उत्तिर्ण भएका छन् । त्यसैले यो शंकास्पद छ ।’

परीक्षा पश्चात गरिएको नतिजा प्रकाशनमा कुनैपनि अनियमितता नभएको आयोगका प्रवक्ता झाले विज्ञप्तीमा दावी गरेका छन् । उनले उपरोक्त सम्बन्धी कुनैपनि जानकारी चाहिएमा कानून बमोजिम आयोगमा सम्पर्क राख्न र भ्रामक प्रचार प्रसारको भागी नबन्न अनुरोध गरेका छन् । साथै आयोगको सम्मानमा आघात पुयाएको पाईएमा कानून बमोजिम कारबाहीको प्रक्रिया थाल्ने चेतावनी समेत विज्ञप्तमा दिइएको छ ।

तर आयोगले उम्मेदवार अर्थात् परीक्षार्थी संख्या २५६७ मात्र रहेको भनेर निकालेको सूचना र नतिजा प्रकाशन गर्दा २५६७ रोल नम्वरसम्म समावेश भएको सूचना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आयोगकै सूचना हेर्दा १२ जना विद्यार्थी पछि थप गरिएको देखिन्छ । र उनीहरु सबै उत्तिर्ण भएका छन् । त्यसैले यो शंकास्पद छ ।’

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब