सप्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई भारतमा मृत फेला

  • असोज २१, २०७९ | ३७६ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी, असोज २१ गते । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक जना असई भारतमा मृत फेला परेका छन् । सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव मृत फेला परेका हुन्।

भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा बिहीबार उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

सिरहाको भगवानपुर २ का बासिन्दा बासिन्दा यादव सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा कार्यरत थिए । असोज १८ गतेदेखि २१ गतेसम्मका लागि विदामा रहेका उनी उनी दशगजा क्षेत्रदेखि तीन किलोमिटर दक्षिण मृत भेटिएका हुन् ।

उनको शवलाई भारतको कानुनी प्रकृया पूरा गरी नेपाल ल्याइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश सिंहले जानकारी दिए ।

उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब