सिरहा नगरपालिकाको सन्हैठा घर भएका पूर्व वडाध्यक्ष गोपाल यादव जसपा परित्याग गरे करिब एक महिना अगाडी नेकपा एमालेमा प्रवेश गरे ।
एमाले नेताहरुले प्रदेशसभा सदस्यका लागि सिरहा क्षेत्र नम्वर ३ (ख)को उम्मेदवार बनाउने यादवलाई आश्वासन दिएका थिए । तर उनले टिकट पाएनन् । जसपासँग गठबन्धन गर्दा उक्त क्षेत्र एमालेको भागमै परेन । उक्त क्षेत्रमा जसपाकी रेणु यादव उम्मेदवार बनेकी छन्
टिकट नपाएपछि यादव स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपाबाट विगतमा धोका पाएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन नसक्ने भन्दै उनी आफैं उम्मेदवार बनेका हुन् ।
पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंह र नेता मनोज सिंह भने जसपा परित्याग गरी एमालेमा प्रवेश गरेलगत्तै प्रदेशसभा सदस्यको टिकट पाउन सफल भए । सिंह जसपा परित्याग गरी एमालेमा प्रवेश गर्न लागेका थिए । तर एमालेसँग गठबन्धन भएपछि जसपाबाटै टिकट पाउने भन्दै उनी पुनः फर्किएर पनि मौका पाएनन् ।
जसपाले भने सिरहा २ मा राजकिशोर यादवलाई ल्याएर टिकट दिएपछि घर न घाटको बनेका सिंह पुनः जसपा परित्याग गरे र एमालेबाट टिकट पाएका छन् । उनी जस्तै मनोज सिंह पनि गरे र मनोज पनि एमालेबाटै टिकट पाए ।
एमालेले शत्रुधनलाई प्रदेशसभा क्षेत्र नम्वर २ (ख) र मनोजलाई प्रदेशसभा क्षेत्र नम्वर ३ (ख)बाट उम्मेदवार बनाएको छ । शत्रुधन र मनोज आफ्न्त हुन् । उनी दुबैजना जहिल्यै एउटै पार्टीमा रहदै आएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved