पूर्व विभाविभागिय मन्त्री यादव र शिव यादव हाम्रो नेपाली पार्टीका उम्मेदवार

  • असोज २५, २०७९ | ३९४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । पूर्व विनाविभागिय मन्त्री राजलाल यादव हाम्रो नेपाली पार्टीबाट सिरहा प्रदेशसभा क्षेत्र नम्वर २ (क)बाट उम्मेदवार बनेको खुलेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । स्रोतका अनुसार उनले प्रदेशसभा १ (ख)बाट टिकटका दावेदार थिए । तर जसपाले १ (ख)मा राजकुमार गुप्ता ‘राजु’लाई टिकट दिएपछि रुष्ट बनेका उनी २ (क)बाट उम्मेदवार बनेका हुन् ।

यादव पुराना नेता हुन् । उनी पहिलो संविधानसभा सदस्यमा सिरहा क्षेत्र नम्वर १ मा तत्कालिन मधेसी जनअधिकार फोरमबाट विजयी भएका थिए । संविधानसभा सदस्य रहेकै बेला उनी विना विभागिय मन्त्री बन्ने अवसर पाए । दोस्रो संविधानसभा सदस्यमा तत्कालिन मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)बाट सिरहा १ मै उठेका थिए । तर पराजित भए ।

०७४ को निर्वाचनमा उपेन्द्र यादव नेतृत्वकै तत्कालिन संघीय समाजवादी फोरमबाट उनी वडा सदस्यमा चुनाव जितेका थिए । उनको चाहना थियो– जिल्ला समन्वय समिति (जिसस)को सभापति बन्ने । तर जसपाले अपेक्षा बमोजिम सिट ल्याउन नसक्दा जिससको सभापति बन्ने उनको सपना पुरा भएन ।

मधेस आन्दोलनमा उनी सक्रिय भुमिका खेलेका थिए । अहिले प्रदेश २ (क)बाट चुनाव लडेका उनले आफू नै विजयी हुने दावी गरिरहेका छन् । यो क्षेत्रमा भने उनको पक्कड अब्बल छैन ।

नेता यादव उम्मेदवार बनेका हाम्रो नेपाली पार्टीबाटै सिरहा क्षेत्र नम्वर २ मा शिव शंकर यादव र प्रदेशसभा क्षेत्र २ (ख)बाट योगेश कुमार सिंहको उम्मेदवारी परेको छ । शिव र योगेश पनि स्वतन्त्र उम्मेदवारी दिने भनेर प्रचार प्रसार गरेका थिए । तर उनीहरु पनि दलको साहारा लिएका छन् । उनीहरु उम्मेदवार बनेको हाम्रो नेपाली पार्टीको भने सिरहामा संगठन छैन ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब