माडर भन्सारमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति महासंघको आपत्ति, कारवाही गर्न माग

  • कार्तिक २, २०७९ | ३५७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । पत्रकार महासंघ सिरहाले भन्सार कार्यालय सिरहा माडरमा पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव र ग्यालेक्सी फोकेका सिरहा संवाददाता विनय यादवमाथि भएको दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ ।

पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले आज एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दुर्व्यवहार घटनाप्रति खेद प्रकट गरेको हो ।

सिरहामा भइरहेको अवैध तस्करी धन्दा र भन्सारका कर्मचारीले घुस लेनदेन गरी राज्यको राजस्व छली गरिरहेको विषयमा सञ्चारकर्मीद्वयले मंगलबार समाचार संकलनका लागि माडरस्थित सिरहा भन्सार कार्यालयमा पुगेका थिए । यस विषयमा कार्यालयका प्रमुख रामराजाप्रसाद चौरसियासँग प्रतिक्रिया लिन खोज्दा उनले जिम्मेवार र नम्र भएर जवाफ दिनुको सट्टा सञ्चारकर्मीद्वयलाई अपमानपूर्ण ढंगले तथानाम भन्दै प्रहरी बोलाएर थुनाइदिने धम्कीसमेत दिएका थिए ।

महासंघले स्वतन्त्र रुपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई कार्यालयका प्रमुख जस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु अत्यन्तै दु:खद र अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ ।

घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गराउन सम्बन्धित निकायलाई महसंघले ध्यानाकर्षणसमेत गराएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब