भारतमा गुगललाई १३ अर्ब भारू जरिवाना

  • कार्तिक ५, २०७९ | २७२ पटक पढिएको | सीमा संदेश
alt

भारत सरकारले अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १३ अर्ब भारू जरिवाना लगाएको छ । भारतको नियामक निकायले बजारमा मोनोपोली कायम गरेको भन्दै १६१ मिलियन अमेरिकी डलर जरिवाना लगाएको हो ।

भारतको नियामक निकायका अनुसार गुगलले स्मार्टफोन निर्माता कम्पनीहरूसँग एकतर्फी सम्झौता गरेर भारतीय बजारमा दबाब कायम गरेको छ । तर, अहिलेसम्म अमेरिकी कम्पनीले भारत सरकारको निर्णयप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

कम्पिटिशन कमिशन अफ इन्डिया (सीसीआई)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गुगलले स्मार्टफोन, वेभ खोज, ब्राउजिङ र भिडियो होस्टिङ सेवाका दायराका लागि एन्ड्रोइड अपरेटिङ सिस्टमको इजाजतपत्र दुरूपयोग गरिरहेको छ ।’ सीसीआईका अनुसार गुगलले स्मार्टफोन निर्माताहरूलाई युट्यूब, क्रोम, गुगल म्याप र अन्य एप राख्न दबाब नै दिँदै आइरहेको छ ।

यो प्रवृत्तिले बजारमा गुगलको एकछत्र राज चलिरहने र प्रयोगकर्ताको व्यक्तिगत विवरणमाथि गुगलकै एकाधिकार रहिरहने समेत नियामकले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब