बलात्कार आरोपी वडाअध्यक्षलाई पक्राउ गर्न माग गर्दै निजगढमा प्रदर्शन

  • कार्तिक ७, २०७९ | ३०५ पटक पढिएको | सीमा संदेश
alt

वीरगञ्ज । बाराको निजगढमा बलात्कारको आरोप लागेका वडाध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीय वासिन्दाले प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्गमा प्रदर्शन गरेर उनीहरुले केहीबेर सवारी आवागमन समेत ठप्प पारेका थिए ।

निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरीका अभिभावकले २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा वडा अध्यक्ष श्रेष्ठ विरुद्ध किटानी जाहेरी समेत दिएका थिए ।

दशैंको टीकाका दिन १९ असोजमा अध्यक्ष श्रेष्ठले किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । घटनापछि वडा अध्यक्ष श्रेष्ठ फरार छन् ।

श्रेष्ठलाई पक्राउ गर्न प्रहरीले तदारूकता नदेखाएको आरोप महिला अधिकारकर्मीको छ । दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, किशोरीका परिवारलाई वडा अध्यक्ष श्रेष्ठका आफन्तहरुले मानसिक तनाव दिने गरेकाले संरक्षण र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले भने जाहेरी परेलगत्तै घटनास्थल जाँच मुचुल्का, किशोरीको स्वास्थ्य परीक्षण गर्ने, बयान लिने लगायतका कानुनी प्रक्रियाहरु पूरा गरेको बताएको छ । आरोपी वडा अध्यक्ष श्रेष्ठलाई खोज्न विशेष टोली नै परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब