सिरहा, ८ कात्तिक। सिरहाको गोलबजारको मुख्य चौकमा रहेको बंसी फैसन हबमा आगलागी हुँदा लगभग करौड़ो रुपैया मूल्य बराबरको धन–माल जलेर नष्ट भएको छ।
गोलबजार नगरपालिका वडा ४ गोलबजारको मुख्य चौक गोलपार्कको छेउमा रहेको बंसी फैसन हबमा आगलागी हुँदा पसलमा गरेको डकुरेशन ,फेन्सी-आइटम लगायतका सामग्रीहरु जलेर नस्ट हुदा लगभग करौड़ो रुपैया बराबरको क्षति भएको पसलका संचालक रामकिशोर यादबले बताएका छन।
आफु घर गइसकेपछि करिब २ घण्टा पछि स्थानीयले फोन गरेपछि मात्र थापाएको पसलका संचालक यादबले बताए।
दिपावलीको लागि बालिएको झिलिमिली बतीबाट बिधुत सट भएर पसलमा आगलागी भएको अनुमानित भनिएपनि बिस्तृत जानकारी आउन बाकि रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीले बताए ।
नगरपालिकाको बारू नियन्त्रणको गाडी गएपछि जनपत प्रहरी र सस्त्र प्रहरीको टोलीले आगो नियन्त्रण गरेको इन्स्पेक्टर केसीले बताए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved