ट्याक्टर पल्टिएर किच्दा दुइ जनाको घटनास्थलमै मृत्यु

  • कार्तिक १०, २०७९ | ३६७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,१० कात्तिक। सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रितभई पल्टिदा दुई जनाको मृत्यु भएको छ।

भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुरबजारतर्फा आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटनाहुँदा चालक कल्याणपुर नपा ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थमै मृत्यु भएको हो।

छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यामिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरको नम्वरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी भईरहेको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब