सिरहा, १२ कात्तिक। सिरहाको मैनाबती नदिमा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ। जिल्लाको गोलबजार नपा ८ मा महिना पुगिसकेको जस्तो देखिने शिशु (छोरा) को शव शनिबार विहान फेला परेको हो।
छठपर्वको लागि मैनाबती खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेको थियो। खवर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रकृया पुरा गरी पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल लहान पाठाईएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए।
अवैध सम्वन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशु फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved