सिरहामा कृषि कार्याक्रम अनुदानको प्रलोभनमा ठगिदै किसान कृषि मन्त्री भोट माग्न आए हिसाब गर्छ : किसान

  • कार्तिक १५, २०७९ | ७३७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १५ कार्तिक । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाबाट वितरण हुने कृषि कार्याक्रम पारिदिने प्रलोभन देखाई किसानहरुबाट नगद ठगी भईरहेको रहस्य खुलेको छ ।

सिरहाको नवराजपुर गाउँपालिका वडा नं. ३ का जय माँ राजदेवी एकिकृत फर्मका संचालक शिवनाथ यादब ठगीको गिरोहमा परेको छ । गत आ.व. २०७८।०७९ को भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अन्तर्गत स्वीकृत कार्याक्रम वुवाईलर कुखुरा पालन अनुदान कार्याक्रम पारिदिने भनी ७ हजार ५ सय नगद ठगी गरको छ ।

अनुदान कार्याक्रम कार्यन्वयन गर्नका लागि विज्ञ केन्द्रबाट खटिएकाका स्थलगत अनुगमन टोलीसँगै आएको नवराजपुर गाउँपालिका वडा नं. ३ फुलवरीया बस्ने संजय कुमार यादबले उक्त टोलीसगै अनुगमनमा गरी फर्के लगतै फर्म धनीलाई फोन सम्पर्क गरी कार्याक्रम अनुदान तिमीलाई परियो। अब छिटो भन्दा छिटो मलाई रु. ३५ हजार नगद बुझाए अनुदान रकम कार्यालयले तिमीलाई दिने भनी जानकारी गरायो ।

फोनमै फर्म धनीले भने, म रु. १५ लाखको ऋणमा छु । अहिले नै यति धेरै रकम जम्म गर्न सक्दिैन्न । फेरि बिचौलिया संजयले भने, कार्यालयबाट मलाई फोन आईरहेको छ । अहिले नै कम्तिमा जे जती हुन्छ लिएर आउनुस् । त्यसपछि फर्म धनीले छरछेमेकबाट सरसफटी गरी रु. ७ हजार ५ सय रुपैयाँ जोहो गरी बिचौलिया संजयलाई घरमै पुगी बुझाए । रकम बुझई सकेपछि तिन महिनासम्म कुरिदाँ पनि अनुदान रकम नआएपछि विचोलिया संजयलाई भेटदाँ कांग्रेसको सता परिर्वतन भयो । अब जनता समाजवादी पार्टिको सता आयो । त्यसैले तिम्रो कार्य  भएन् । तिमी अब भुमि व्यवस्था तथा कृषि मन्त्री विजय कुमार यादबलाई भन्न भनी फर्म धनीलाई सुझाव दिईयो ।

ऋणमा ढुवेका फर्म धनी यादबले पटक–पटक रकम फिर्ताका लागि विचौलिया संजय यादबको घर धाएपनि उनलाई रकम फिर्ता दिइएको छैन् । सरकारको अनुदान पाउँन सम्पूर्ण प्रक्रिया पुराएको फर्म धनीले अनुदान पाउनुका सट्ट ठगिमा परी हारगुहार गरिरहेको छ । 

बिचौलिया लगाई ठगी गरको प्रदेश सरकारकै मतहतका कार्यालयको हरहिसाब मंसिर ४ मा हुन लागेको निर्वाचनमा फेरि भुमि व्यवस्था तथा कृषि मन्त्री यसै क्षेत्रबाट उमेदवार भएकोले भोट माग्न आएपछि लिने फर्म धनी यादबले सीमा संदेश दैनिकलाई आफ्रनो पिडा बताउँदै भने । 

यस घटनाको विषयमा विज्ञ केन्द्र सिरहाको प्रमुख संतोष कुमार सिंहसँग सोधपुछ गर्दा यस बारे कुनै जानकारी छैन् । तरपनि यादब सरले अनुगमन गरेको थियो । यस बारे जानकारी लिई बताउने भन्नु भयो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब