लागूऔषध सहित ५ जना युवा पक्राउ

  • कार्तिक १९, २०७९ | ३९४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १९ कार्तिक । सिराहा प्रहरीले लागू औषध सहित ५ जन युवालाई पक्राउ गरका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय माडर र प्रहरी चौकी लकडिगदयानीबाट विभिन्न समयमा खटिएको प्रहरी टोलीले मानिसहरुलाई चेकजाँच गर्ने क्रममा लागू औषध सहित युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध, मोबाईल, मोटरसाईकल र नगद समेत फेला पारी रितपुर्वक बरामद गरी मानिसलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट लागूऔषध मुद्दामा दिन ७ ९सात० को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको बुझिएको छ ।

१.जिल्ला सिरहा लक्ष्मीपुरपतारी गाँउपालिका वडा नं.- ३ बस्ने बर्ष ४० को दुजे यादव ( जिल्ला सिरहा लहान नगारपालिका वडा नं.- १ जे. एस मुरारका बहुमुखी क्याम्पस पछाडीको भित्री सडक खण्डबाट ईलाका प्रहरी कार्यालय लहान सिरहाले नियन्त्रणमा लिएको )

२.ऐ. ऐ. बस्ने बर्ष २७ को सुरेश कुमार यादव ( ऐ. ऐ. स्थानबाट ईलाका प्रहरी कार्यालय लहान सिरहाले नियन्त्रणमा लिएको )

३.जिल्ला सिरहा लहान नगरपालिका वडा नं.- १७ बस्ने बर्ष २८ को ईन्दल राम ( जिल्ला सिरहा लहान नगरपालका वडा नं.- १७ गोबिन्दपुर स्थित झोलुङ्गेपुलबाट ईलाका प्रहरी कार्यालय लहान सिरहाले नियन्त्रणमा लिएको )

४.जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.८ मझेवा बस्ने बर्ष २२ को जागेश्वर यादव (जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं.१७ कालिचोकबाट ईलाका प्रहरी कार्यालय माडर सिरहाले नियन्त्रणमा लिएको )

५.देश भारत मधुवनी जिल्ला मधुवनी ग्रामपंचायत- ६ बस्ने वर्ष २४ को उपेन्द्र कुमार साफी ( जिल्ला सिरहा सिरहा न.पा.वडा नं.१९ सोहर्वाबाट प्रहरी चौकी लकडिगदयानी सिरहाले नियन्त्रणमा लिएको )ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट बरामद भएका मोटरसाईकल र लागूऔषधहरुः-

NITRAVET-10 लेखिएको ट्याब्लेट ६० पत्तामा ९०० पिस, प्रदेश २-०१-००२ प. ८५२ नं. को मोटरसाईकल थान-१, विभिन्न कम्पनिका मोबाईलहरु थान-४ (दुजे यादव र सुरेश कुमार यादवको साथबाट) र NITRAVET-10 लेखिएको ट्याब्लेट १८ पत्तामा २७० पिस ( ईन्दल रामको साथबाट ) 

# ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट बरामद भएका लागूऔषधहरुः-

NITRAVET-10 लेखिएको ट्याब्लेट ५ पत्तामा ७५ पिस, SPSMO-PROXYVON लेखिएको १३ पत्तामा १०४ पिस, कोरेक्स १०० ml को २५ बोतल (जागेश्वर यादवको साथबाट) प्रहरी चौकी लकडिगदयानी सिरहाबाट बरामद भएका लागूऔषध (गाँजा), सिम, नगद, मोटरसाईकल र मोबाईलः-लागू औषध गाँजा-१ किलो ७० ग्राम, airtel को सिम थान- २, नेपाली रु.३,२८५।–, भारतीय रु.३०।– र P.B. 10 C.C. 3819 नं.को मोटरसाईकल थान- १ र मोबाईल थान-१ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब