महोत्तरीमा स्वतन्त्र उम्मेदवार सवार गाडीबाट डेढ लाख रुपैयाँ बरामद

  • मंसिर ३, २०७९ | ३४४ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरी, मंसिर २ गते । महोत्तरीको बर्दिवास ११ स्थित खयरमाराको पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार विष्णु बहादुर योन्जन चडेको गाडीबाट डेढ लाख रुपैयाँ नगद बरामद भएको छ ।

शुक्रवार साँझ पाँचे टोलमा पुगेका योन्जनको गाडिबाट रकम बरामद गरिएको महोत्तरी प्रहरीले जनाएको छ । महोत्तरी क्षेत्र नं १ ख का स्वतन्त्र उम्मेदवार योन्जनले आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिडेको पाइएपछि डेढ लाख रकम बरामद गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनिले जानकारी दिए ।

बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा अन्य ब्यक्तिहरुलाई लिएर हिडेका योन्जन सहितका ब्यक्तिलाइ प्रहरीले शनिबार स्पष्टीकरण सोध्ने गरि छाडेको महोत्तरी क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । शनिबार स्पष्टीकरण सोधिने र चित्त बुझ्दो जवाफ नआएमा २५ हजार सम्म जरिवाना गर्न सकिने श्रेष्ठले बताए ।

पाँचे टोलका स्थानियको घरमा गएर कुरा गर्दै मतदाता लाई प्रलोभन पार्न प्रयास गरीरहेको सूचनाको आधारमा खानतलासी गर्दा उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब