मधेश प्रदेशका जिल्लामा बिहान ८ बजेदेखि मतगणना हुने

  • मंसिर ५, २०७९ | ४८१ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका जिल्लामा आइतवार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको  मतगणना कार्य शुरू हुन सकेको छैन ।

प्रदेशका ८ वटै जिल्लामध्ये कतिपय जिल्लामा मतगणनास्थलमा मतपेटिका संकलन गर्ने र मतपेटिका रुजु गर्ने कार्य जारी रहेको तथा कतिपय ठाउँमा सर्वदलीय बैठकका कारण बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी भइरहेको छ ।

धनुषामा सोमवारै रातिदेखि मतगणनाको प्रक्रिया शुरू हुने भनिए पनि सबै क्षेत्रको मतपेटिका संकलन र रुजु गर्ने काम जारी रहेकाले बिहानदेखि मात्र मतगणना शुरू हुने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । यसैगरी सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सम्भवतः बिहान ८ बजेपछि मात्रै मतगणना शुरू हुने जनाइएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब