मधेसमा एमाले बन्दैछ पहिलो दल, २ महिलासहित सात सीट जितेर अग्रस्थानमा

  • मंसिर ९, २०७९ | २९२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । मधेसमा कमजोर मानिएको नेकपा एमालेले यसपटकको चुनावमा सरप्राइज दिएको छ । मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये २३ ठाउँका परिणाम आइसक्दा ७ सीट जितेर एमाले पहिलो दल बन्ने दिशामा अग्रसर भएको छ ।

प्रदेश सभामा पनि एमालेले उल्लेख्य सफलता निकालेको छ । यसअघि २ सीट जितेको एमालेले यसपटक मधेसमा ५ सीट थपेको छ । गठबन्धनसँग भिडेको एमालेलाई मधेसले यो चुनावमा राहत दिएको छ ।

कांग्रेसले सप्तरी ३, धनुषा २, रौतहट ४ र पर्सा २ मा जित निकालिसकेको छ । एमालेले सिराहा १ र ३, धनुषा ३, सर्लाही ३, बारा १ र ३ तथा पर्सा ३ मा जित निकालेको छ । जसपाले सप्तरी १, सिराहा ४ र पर्सा १ मा जितेको छ भने लोसपाले सर्लाही १ र महोत्तरी २ मा जित निकालेको छ । जनमत पार्टीले सप्तरी २ मा जित्दा नेकपा एसले रौतहट १ र बारा ४ मा जितेको छ । त्यस्तै, कांग्रेसबाट बागी बनेर स्वतन्त्र उठेका अमरेश कुमार सिंह सर्लाहीमा बिजयी हुँदा एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साह र किरण साहले क्रमशः रौतहट ३ र २ मा जित निकालेका छन् ।

मधेसमा अहिलेसम्म सबैभन्दा धेरै सीट जितेको एमालेले टिकट दिएका दुई प्रभावशाली महिलाले शानदार जित निकालेका छन् । धनुषा ३ मा जुलिकुमारी महतो र बारा ३ मा ज्वाला कुमारी साहले चुनाव जितेका छन् । सिराहामा एमालेबाट क्षेत्र नम्बर १ मा रामशंकर यादव र ३ मा लिलानाथ श्रेष्ठले जितेका छन् ।

सर्लाही ३ बाट एमालेका हरि उप्रेतीले चुनाव जित्दा बारा १ मा अच्युत मैनाली र पर्सा ३ मा राज कुमार गुप्ता विजयी भएका छन् । अब गणना भइरहेकामध्ये मधेसमा एमालेको अग्रता छैन । धनुषा ४ मा रघुवीर महासेठ र महोत्तरी १ मा लक्ष्मी महतो केही मतले पछि परेका छन् ।

कांग्रेसबाट हालसम्म सप्तरी ३ मा दिनेश यादव, धनुषा २ मा रामकृष्ण यादव, रौतहट ४ मा देव तिमल्सिना र पर्सा २ मा अजय चौरसियाले चुनाव जितेका छन् । नेकपा एसबाट माधव कुमार नेपाल रौतहट १ र किसान श्रेष्ठ बारा ४ बाट चुनाव जितेका छन् भने सीके राउतले सप्तरी २ बाट जितेका छन् ।

लोसपाबाट हालसम्म शरदसिंह भण्डारी महोत्तरी २ र राम प्रकाश चौधरी सर्लाही १ बाट जितेका छन् भन् जसपाबाट सप्तरी १ मा नवलकिशोर साह र सिराहा ४ बाट बिरेन्द्र महतोले जितेका छन् । अब कांग्रेसले सप्तरी ४, धनुषा ४, महोत्तरी ४ मा अग्रता लिइरहेको छ भने माओवादीले महोत्तरी १, सर्लाही २ र बारा २ मा अग्रता लिइरहेको छ ।

माओवादीले अहिलेसम्म एक सीट पनि जितेको छैन । जसपाले सिराहा २, धनुषा १ र महोत्तरी ३ मा अग्रता लिइरहेको छ । कांग्रेसले अग्रता लिइरहेका सबै सीट जिते पनि एमालेभन्दा ठूलो बन्न नसक्ने देखिएको छ भने अन्यत्र अग्रता लिने अवस्था छैन ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब