बरियारपट्टीमा सालनालसहित भेटिएका शिशुको उपचारको क्रममा मृत्यु

  • मंसिर १६, २०७९ | ६३७ पटक पढिएको | सीमा संदेश
alt

सिराहा १६ मंसिर। सिरहाको बरियारपट्टीमा सालनालसहित भेटिएकोे नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ।

सिराहाको दक्षिणवर्ती हुलाकी सडक खण्डको बरियारपट्टी गाँउपालिका -३ मा विहिवार विहान सालनालसहित खेतमा फालिएको शिशुको उपचारको क्रममा विहिवार राती प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको हो।

विहिवार विहान स्थानिय अधिकलाल यादब आफनो खेतबारी जाने क्रममा बच्चा रोएको अबाज सुनेपछि उनले नै गाउँले र प्रहरीलाई खवर गरेका थिए। खवर पाएलगतै शिशुभएको ठाउँमा पुगेर ईलाका प्रहरी कार्यालय बरियापट्टीका प्रहरी टोलीले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्याएका थिए।

शिशु स्वस्थ्य अवस्था समान्य रहेपनि थप निगरानीका लागी प्रादेशिक अस्पताल सिरहा पठाइएपनि चिसोका कारण स्वासप्रस्वासमा समस्या आएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार बेलुका स्वास प्रस्वासमा समस्या आएपनि एनआईसीयूमा राखेर उपचार गरेपनि बच्चालाई बचाउन नसकेको बताए।

वेवारिसे अवस्थामा फालिएको शिशु छोरा रहेको र उनको वजन २ किलो ८ सय ग्राम रहेको र स्वास्थ्य अबस्था राम्रो रहेको स्वास्थ्यकर्मीले जानाएका थिए।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब