४० दलले गुमाए धरौटी

  • पुस १, २०७९ | ३६६ पटक पढिएको | सीमा संदेश
alt

गत  ४  मंसिरमा  सम्पन्न  आमनिर्वाचन  क्रममा  कुल  सदर  मतको  १०  प्रतिशत  प्राप्त  गर्न नसकेका ४ हजार २ सय ८५ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै  प्रतिनिधिसभातर्फ  २  हजार  ४  सय  ११  र  प्रदेशसभामा ३ हजार २ सय २४ गरी ५ हजार ६ सय ३५ उम्मेदवारी परेकोमा दुवैतर्फ गरी ४ हजार २ सय ८५ जनाको जमानत जफत भएको जनाएको हो ।

आयोगका  अनुसार  प्रतिनिधिसभातर्फ  उम्मेदवार १ हजार ७ सय ७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको छ ।  आयोगका अनुसार प्रदेशसभातर्फ २ हजार ८६ पुरुष, २ सय ३७ महिला र एक अन्य गरी कुल २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको  छ  ।

यो  संख्या  कुल  उम्मेदवारको  ७६  प्रतिशतभन्दा बढी हो । आयोग  प्रमुख  आयुक्त  दिनेशकुमार  थपलियाले प्रतिनिधि तथा प्रदेशसभा दुवैतर्फ गरी ४ हजार २ सय ८५ उम्मेदवारको धरौटी जफत भएको जानकारी दिए ।

निर्वाचन कानुनअनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशत पाउन नसक्ने उम्मेदवारको धरौटी जफत हुन्छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि प्रतिनिधिसभामा ४० दलको धरौटी जफत भएको छ । यो समाचार राजधानी दैनिकमाछ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब