पारिश्रमिक नपाएपछि पत्रकार आन्दोलनमा

  • पुस २, २०७९ | ३९२ पटक पढिएको | सीमा संदेश
alt

लामो समयदेखिको पारिश्रमिक नपाएका गोर्खा टेलिभिजनका कर्मचारीले आन्दोलनका कार्यक्रम  सुरु गरेका छन् । ललितपुरको जावलाखेलबाट साझा  सञ्चार मिडिया प्रा.लि.को नाममा सञ्चालनमा रहेको गोर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि  चरणबद्ध आन्दोलनको थालनी गरेका हुन् ।

 संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनौंदेखिको बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालको केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटकको अनुरोध र आग्रहपश्चात् पनि झुटो आश्वासन दिदै झुल्याउन थालेपछि प्रतिकार स्वरुप आन्दोलन थालिएको श्रमजीवीको हकहितका निम्ति लड्दै आएका संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए ।

गोरखा टिभी मात्र नभई कृषि टिभीमा काम गर्ने २ दर्जनभन्दा बढि पत्रकारहरुको न्यायका लागि लड्दै आएका अध्यक्ष जैसीका अनुसार श्रमजीवीहरुको लाखौं रुपैयाँ महिनौंदेखि नपाउँदा उनीहरुको बिचल्ली बनाउने साहुको घर घेराउ नै गरिएको, अब सबै श्रमजीवीहरुको संयुक्त सहभागितामा फेरि घर घेराउ गर्ने कार्यक्रम छ । सञ्चालक थापाले कर्मचारीलाई अनेक बहाना देखाउँदै समस्या पारिश्रमिक दिएका छैनन्।

थापाले जावलाखेलबाट ३ वटा भन्दा बढि संस्था सञ्चालन गरेका छन् । जस्मा कृषि टेलिभिजन,कृषि सहकारी संस्था,र कृषि फेसलगायत रहेका छन् । उक्त  टेलिभिजनमा काम गर्ने कर्मचारी झापा,जाजरकोट,सुनसरि लगायतका क्षेत्रबाट आई कोठाभाडामा  बसेर पत्रकारिता गर्दै आएका छन् ।

पटक पटक पारिश्रमिकको लागि ताकेता गरे पनि थापाले आफ्ना पकेटका २-४ जनालाई केही रकम दिएर अरु कर्मचारीको श्रम शोषण गर्दै आएको पिडित कर्मचारीहरुको गुनासो छ । केही समय अगाडि श्रमजीवी(पत्रकार संघ, नेपालसँग गरेको सहमति अनुसार थापाले चुनावपछि २० गते सबै पैसा चुक्ता गर्ने सहमति भएपनि उनले फोन न उठाउने के गर्न सकिन्छ त्यही गर भन्दै धम्कि दिने गरेको पनि उनीहरुको गुनासो रहेको छ ।

पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएपछि श्रमजीवी पत्रकार संघको नेतृत्वमा आन्दोलन सुरु गरिएको हो  । आन्दोलन अन्तर्गत थापाको निवास घेराउ साथै  धर्ना र रिले अनसन बस्न बाध्य हुने पीडितहरुले बताएका छन् । 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब