घुर ताप्ने क्रममा जलेर महिलाको मृत्यु

  • पुस ८, २०७९ | ४३३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, पुस ८ गते । सर्लाहीमा घुर ताप्ने क्रममा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका ३ बस्ने टिकाराम रखालकी ५५ वर्षीया श्रीमती गोरीमाया रखाल छन् ।

स्थानीय तुलसी हुमागाईले संचालन गरेको चिरान मिलमा उनका पति टिकाराम कुरुवाको काम गर्ने गर्छन् । सोही चिरानमलिमा बुधबार साँझ साढे ७ बजेको समयमा आगो तापिरहेकी गोरीमायाको जिउमा आगो लागेको थियो ।

आगो लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब