सिरहा, १५ पुष । औरही गाउँपालिकालाई आफ्नै कार्यकाल भित्र साक्षर घोषणा गर्ने गाउँपालिका अध्यक्ष शिवजी यादबले एक कार्यक्रममा बताउनु भयो । नमूना युवा संसद गाउँ सभा अभ्यास कार्यक्रमको समापन्मा यस्तो बताएको छ । शिक्षा नै विकास समृद्धिको साचो भएकोले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखि साक्षर अभियान सुरु गर्ने कार्य भईरहेको छ ।
नेपालको संविधान २०७२ को मौलिका हकका रुपमा रहेको शिक्षा सम्बन्धी सम्पूर्ण व्यवस्थालाई कार्यन्वयन गराउन अभियानकै रुपमा कार्य गर्न तयारी भईरहेको छ । शिक्षा भित्र रहेको वर्गिय खाडलाई निरमूल गर्न सामुदायिक विद्यलयलाई सुविधा सम्पन बनाई नीजि विद्यालय बन्द गर्ने सम्मको योजना रहेको यादबले बताए । शिक्षासँगै रोजगार श्रृजना गर्ने गरी कार्य भईरहेको छ । विद्यालयहरुमा शिक्षक पूर्तिका लागि स्वंयसेव शिक्षक भर्ना गर्ने कार्य पनि सुरु भएको छ । गाउँपालिकालाई शिक्षा क्षेत्रका स्वरणक युगका रुपमै विकास गर्ने यादबले प्रतिवद्धता गर्नु भयो।
लागू औषधबाट यु्वालाई जोगाउन विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम पनि गर्ने योजना छ । लागू औषधलाई नियन्त्रणका लागि युवा तथा महिला शसक्तिकरण लक्षित कार्यक्रम अब सूरु हुनेछ । पालिकामा सुशासन कायम गर्न सबै कुरा पारर्दशि भईरहेको छ । पालिकामाथि शंका गर्नु पर्ने ठाउँछैन् । जनप्रतिनिधिहरुले ल्याउने प्रभाकारी योजना कार्यन्वयन गर्न पछि नहटने प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद शर्माले बताउनु भयो ।

कार्यक्रममा युवाले गाउँ सभा संचालन सम्बन्धी अभ्यास पनि प्रस्तुत गर्नु भयो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सदस्याहरुका भुमिका बनाई गाउँ सभाका सम्पूर्ण क्रिलयाकलाप अभिनय मार्फत प्रस्तुत गरेका थिए । नमूना युवा संसद गाउँ सभा अभ्यास कार्यक्रमले पालिकाको योजना छनोटमा नागरिक सहभागिता तथा सुशासन कायम गर्न पनि प्रभावकारी हुने शिक्षक काशिन्द्र प्रसाद यादबले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved