उपेन्द्रको प्रस्ताव समाजवादी एकता, झलनाथको जोड वाम ध्रुवीकरण

  • पुस १५, २०७९ | ४१३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादी एकतामा जोड दिएका छन् । चुनाव अगाडि न नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको विषयमा छलफल चलाएका अध्यक्ष यादवले चुनाव पछाडि पनि यो प्रयासलाई ठोस रुपमा अगाडि बढाउन चाहेका छन् । समाजवादी एकताको प्रस्ताव लिएर शुक्रबार अध्यक्ष यादवले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरे ।

नेताहरुका अनुसार डल्लुस्थित खनाल निवासमा डेढ घण्टा बढी भएको वार्तामा दुई नेताबीच समाजवादी एकता र वाम ध्रुवीकरणका विषयमा छलफल भएको छ । समाजवादी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तयार रहे पनि सम्मानित नेता खनाल भने वाम ध्रुवीकरण र एकतामा जोड दिने नेताहरूमध्ये अगाडि देखिन्छन् ।

शुक्रबारको भेटमा पनि यादव र खनालबीच समाजवादी एकता र वाम ध्रुवीकरण र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताबारे विषयमा छलफल भयो ।

‘अध्यक्ष यादवले समाजवादी एकताको विषयलाई आफूले अगाडि बढाउन चाहेको भनी राख्नुभयो । तर, खनालले वाम ध्रुवीकरणमै जोड दिनुभयो’, खनालको निजी सचिवालयले दुई नेताबीच भएको डेढ घण्टा लामो छलफलको निचोड सुनाएको छ ।

नेताहरुका अनुसार ४ मंसिरको आम चुनाव अगाडि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष यादवबीच एकीकरणका लागि छलफल भएको थियो । तर, त्यसले मूर्त रुप लिन सकेन र त्यसबेला समाजवादी एकताको विषयलाई स्थगित गरिएको थियो ।

चुनावी परिणामले समाजवादी एकताका लागि थप दवाव दिएको अध्यक्ष यादव निकट नेताहरु बताउँछन् ।

तर, एकीकृत समाजवादीमा जनता समाजवादीसँग एकता गर्ने विषयमा एकमत छैन् । खासगरी नेता खनालले समाजवादी एकता भन्दा बढ्ता वाम एकतामा जोड दिँदै आएका छन् । जसपामा पनि नेता अशोक राई लगायतका नेताहरु समाजवादी एकता भन्दा वाम एकताको पक्षमा देखिएका छन् ।

तर, वाम एकतामा आफ्नो राजनीतिक हैसियत नदेखेका जसपा अध्यक्ष यादवले समाजवादी एकतामै जोड दिइरहेका छन् । ‘अध्यक्ष यादव नै वामपन्थी हो । उहाँलाई वाम एकताका लागि कुनै समस्या छैन्, बरु वाम ध्रुवीकरण र एकताको वातावरण बनाउन उहाँले भूमिका खेल्नुपर्छ’, समाजवादीका खनाल निकट एक नेता भन्छन् ।

अध्यक्ष यादवले भने वाम एकताको प्रयास विगतमा असफल भएको तर्क गरिरहेका छन् । ‘एमाले र माओवादीले वाम एकता गरेकै थिए त्यो टिकेन । उही पात्र र प्रवृतिका बीच फेरि जसपाले वाम एकता भन्न सक्दैन् । बरु समाजवादी एकता अहिलेको आवश्यकता हो’, अध्यक्ष यादवको भनाइ उदृृत गर्दै ती नेताले सुनाए ।

समाजवादी एकतामा स्वयम् माओवादी तयार हुनुपर्ने जसपा नेताहरुको भनाइ छ । चुनाव अगाडि नै समाजवादी केन्द्र निर्माणको पैरवी माओवादीले गरेका कारण त्यसबाट अहिले पछाडि फर्किन नहुने जसपा नेताहरुको भनाइ छ । एमालेले सरकार निर्माणमा साझेदारी लिएर सहयोग गरेको स्मरण गर्दै साझेदारीकै हदसम्म त्यसलाई राखेर समाजवादी केन्द्र निर्माणका माओवादी तयार हुनुपर्ने उनीहरुको तर्क छ । तर, अहिले अध्यक्षज्युले माओवादीसहितको समाजवादी एकता भन्दा एकीकृत समाजवादी र जसपाबीच एकताको प्रयास गर्नुभएको हो’, यादव निकट नेताको भनाइ छ ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत एकीकृत समाजवादीबाटै एकताका लागि प्रस्ताव आएको बताउँछन् । उनका अनुसार उपेन्द्र यादव र माधव नेपालबीचको भेटमा पनि एकताको विषयमा अनौपचारिक छलफल भएको छ । तर ठोस रुपमा समाजवादी एकताको विषय अगाडि बढिसकेको भने छैन् । उनी भन्छन्, ‘एमालेसँग पनि उहाँहरुको एकताको विषय अगाडि आएको छ । यस सन्दर्भमा एकीकृत समाजवादीले के चाहेको प्रष्ट भएपछि यसले एउटा आकार लिन सक्छ ।’

एकताका सन्दर्भमा दुबै पार्टीमा दुई÷दुई धार देखा परेको दुबै पार्टीका नेताहरु स्वीकार्छन् । ‘स्वभाविक रुपमा एकीकरण प्रक्रियामा जोडिनुहुन्न भन्ने केही छन् । जोडिनुहुन्न भन्नेहरुको तर्क सैद्धान्तिक, वैचारिक विषय नै हो’, जसपाका प्रचार विभाग प्रमुख बस्नेत भन्छन् ।

जसपा नेता राजकिशोर यादव विचारमिल्ने पार्टीसँगको एकता लगायत आगामी यात्राबारे शनिबार बस्ने कार्यकारिणी समिति बैठक र यही पुस १७/१८ गते बस्ने राजनीतिक समितिको बैठकमा छलफल हुने बताउँछन् । ‘हामी छलफल गर्छौं र आगामी यात्रा कसरी तय गर्ने भनेर पार्टीको ठोस धारणा ल्याउँछौं’, यादवले अनलाइनखबरसित भने ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्ननाथ खतिवडा पनि समाजवादी एकताको विषयमा शीर्ष तहमा छलफल भइरहेको बताउँछन् । तर, यसले तत्कालै आकार लिनेमा भने उनलाई आशंका छ । ‘चुनाव अगाडि पनि समाजवादी केन्द्र निर्माणको प्रयास भएको हो । तर, त्यो छलफलको गर्भमै रह्यो । यसपटक फेरि छलफल भएका छन् । तर, पार्टीमा आधिकारिक रुपमा छलफल हुने तहमा आइपुगेको छैन्’, पार्टीभित्र अन्य पार्टीसँग एकता भन्दा पार्टी निर्माणमै लाग्नुपर्ने मत रहेको पनि उनले स्मरण गरे ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब