नक्कली परीक्षक बनेर त्रिविबाट कसले लियो २६ लाख ? फेला पार्नेलाई ५० हजार पुरस्कार

  • पुस १९, २०७९ | ४३१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली परीक्षक बनेर त्रिवि परीक्षा नियन्त्रण कार्यलयलाई २६ लाख रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्तिको खोजी थालेको छ ।

अख्तियारले ‘मानिस पहिचान गर्ने बारे’ सूचना सार्वजनिक गर्दै नक्कली परीक्षक बनेर त्रिविबाट २६ लाख रुपैयाँ लिने व्यक्तिबारे पहिला खबर गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । ती व्यक्तिले उत्तरपुस्तिका परीक्षण गरेको कीर्ते कागजात बनाएर त्रिविको परीक्षा नियन्त्रण कार्यालयबाट २६ लाख रुपैयाँ भन्दा बढी लिएका थिए ।

अख्तियारले यो सूचना आफ्नो वेबसाइटमा पुस १३ गते राखेको थियो । आइतबार भने त्रिविका विभिन्न निकायमा र सञ्चार माध्यममा समेत उक्त सूचना पठाएको छ । त्रिविका शिक्षाध्यक्ष प्रा.शिवलाल भुसालले ती व्यक्तिले परीक्षा नियन्त्रकको कीर्ते हस्ताक्षर गरेर कागजात बनाई रकम ठगी गरेको बताएका छन् । उनले भने ‘यो अलि अघिको घटना हो । कन्ट्रोलर र डेपुटी कन्ट्रोलरको कीर्ते हस्ताक्षर गरेर ठगी गरेको रहेछन् । यताबाट नभएपछि अख्तियार पुगेको हो ।’

यो घटना २०७५ साल भन्दा अगाडिको हो । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका परीक्षण गरेबापत परीक्षकलाई फारममा उल्लेख गरेको आधारमा रकम दिने गर्छ । ती व्यक्तिले उत्तरपुस्तिका परीक्षण गरेको भन्दै रकम पाउन भन्दै नक्कली फाराम पेश गरेका थिए । नक्कली फारममा परीक्षा नियन्त्रकको कीर्ते हस्ताक्षर गरेर उनैको नाममा चेक बनाएर नगद सटही गरेको त्रिविले जनाएको छ ।

त्रिविका परीक्षा उप–नियन्त्रक डा.घनश्याम ठाकुर भन्छन्, ‘ती व्यक्तिले नियन्त्रकज्यूको हस्ताक्षर कीर्ते गरेर रकम ठगी गरेका हुन् । त्यही बेलादेखि कार्यालयले छानबिन गरिरहेको छ ।’

यो घटनालगत्तै केही कर्मचारीहरुसँग त्रिविले सोधपुछ पनि गरेको थियो । तर रकम झिक्ने व्यक्ति फेला पार्न सकेन । परीक्षा उपनियन्त्रक ठाकुर भन्छन् ‘उनीहरुबाट पत्ता लगाउन नसकिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । म त्यहाँबाट अवकाश भएकोले पछिल्लो अवस्था थाहा छैन ।’

सुरुमा काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरेको यो विषयमा हाल अख्तियारले छानबिन गरिरहेको छ ।

Thag_Suchana

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब