मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुख मिश्रले पुस २८ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसरा मुख्यमन्त्रीमा दाबी पेश गर्न आज एक विज्ञप्तीमार्फत आह्वान गरेका हुन्।
मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको छ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved