‘बिदा दिने भए थोत्रा जहाजलाई दिउँ’

  • माघ २, २०७९ | ४८२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । पोखरा विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद डाक्नु स्वभाविक नै थियो । उनले आफ्ना सबै नियमित कार्यक्रम रद्द गरे । त्यसबाट घटनाप्रति सरकारको संवेदनशीलता देखिन्थ्यो ।

सँगै मन्त्रिपरिषदले सबै आन्तरिक उडानअघि विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । अनि त्यसै क्रममा सरकारले भोलि सोमबारलाई बिदा घोषणा गरेको छ ।

देश शोकमा भएका बेला धेरै बहसको गुन्जायस नहोला । तर एउटा प्रश्न जरुर उठ्छ– के बिदा नै हाम्रा समस्याहरुको समाधान हो ? बिदा दिएपछि अरु केही गर्नु नपर्ने ?

यस्ता प्रश्नहरु सामाजिक सन्जालमा उठिरहेका छन् ।

मिलन देवकोटाले लेखेकी छन्, ‘शोक बिदा रे । बिदाले ज्यान गुमाएका हाम्रा आफ्नाहरु फर्केर आउँछन् ? नेपालको आकाश किन असुरक्षित छ ? जहाजको कन्डिसन के कस्तो छ ? चालक दलका सदस्यहरु के कस्ता छन् ? कहिलै सरकारले यो बुझ्न खोजेको छ ?

स्वरुप आचार्यले लेखेका छन्– विदा दिनुको साटो यति एयरलाइन्सका सबै विमानहरुको सम्पूर्ण रुपमा स्वतन्त्र प्राविधिक अडिट नसकिएसम्म ग्राउण्डेड गर्ने निर्णय गर्नुपर्थ्यो जस्तो लाग्छ ।

त्यस्तै डा प्रकाश बन्जाडेले लेखेका छन् – कस्तो दुखद् ! थोत्रा जहाज आकाशमा उडिन्जेल हामीले यस्तै नियति शोक भोगीरहनु पर्छ ! बिदा थोत्रा जहाजलाई गरौँ। हार्दिक श्रद्धाञ्जली ।

यस्ता धेरै कमेन्ट सामाजिक सन्जालमा प्राप्त भएका छन् । योसँगै सोसल मिडिया युजरले सरकारले तत्कालै बदलिने निर्णयबारे पनि आक्रोश पोखेका छन् ।

उनीहरुले प्रधानमन्नी प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले पोखरा जाने तयारी गरेकामा समेत आलोचना गरेका थिए । सुरक्षा निकायले समेत अहिले भीआइपी पुग्दा उद्दार कार्य नै प्रभावित हुन सक्ने भन्दै त्यहाँ नजान सुझाएपछि प्रधानमन्त्री र गृहमन्त्रीलाई लिन बालुवाटार पुगेको सेनाको हेलिकोप्टर फर्केको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमान दुर्घटनापछि खोजी तथा उद्धार कार्यका लागि सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरु परिचालन गरिएको भन्दै आफू र प्रधानमन्त्री त्यहाँ पुग्दा उद्धार कार्य झन प्रभावित होला भनेर तत्काल नजाने निर्णय गरेको उल्लेख गरे ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब