गृहबाट बाहिरिँदै रविले भने– म कुनै देशको नागरिक रहिन, रास्वपाको अध्यक्ष पनि होइन

  • माघ १३, २०७९ | ४०० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए ।

"सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन," उनले भने । लामिछानेले सर्वो्च्च अदालतको फैसलको स्वागत र पालना गर्ने बताएका छन् । 

सर्वोच्च अदालतले नागरिकता अवैध रहेको फैसला गरेपछि सञ्चारकर्मीहरुसँग प्रतिकृया दिँदै उनले अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने बताए ।

रवि लामिछानेले अब नागरिकता कसरी लिने ?

सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ ।

उनले अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पुरानै नागरिकताअनुसार कामकारवाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरिदिएको छ ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जिल्ला प्रशासन कार्यालयमा पुनः नागरिकता गरीपाउँ भनी निवेदन दिएर नयाँ नागरिकता लिनुपर्ने बताए ।

“अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जानुपर्छ,” उनले भने, “अहिले नागरिकता लिँदा विवरण पुरानै आउँछ तर जारी मितिमात्रै अहिले पछिल्लो आउँछ ।”

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब