जसपाका नेता भन्छन्– अब गृह मन्त्रालय र उपराष्ट्रपति दिए सरकारमा जान सकिन्छ

  • माघ १३, २०७९ | ५४८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सरकारलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने तयारी गरिरहेको छ । जसपाले सत्ताको भागबन्डा सम्मानजनक नभएको भन्दै मन्त्रालय स्वीकार गरेको छैन ।

जसपालाई भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई मन्त्रालय आफैँसँग राखेका छन् । जसमा वन तथा वातावरण र खेलकुद मन्त्रालय रहेको छ । यही भागबन्डामा सरकारमा सहभागी हुन नसकिने भनाइ जसपा नेताहरू बताउँछन् । 

शुक्रबार सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको वर्तमान सरकारमा गृहमन्त्रालय खाली भएको छ । जसपाले गृह मन्त्रालय र उपराष्ट्रपति पद लिएर सरकारमा जाने विषयमा छलफल अघि बढाउने तयारी गरेको छ । 

“अब नयाँ परिस्थिति सिर्जना भयो । यो परिस्थिति हामीले सिर्जना गरेका हैनौँ,” जसपा नेता प्रमोद साहले बाह्रखरीसँग भने, “अब गृह मन्त्रालय, राष्ट्रपति, उपराष्ट्रपति र केही मन्त्रालय हेरफेर गर्ने र सरकारमा सहभागी हुने विषयमा छलफल अघि बढाउन सकिन्छ ।”

उनले जनतासँग जोडिएका विकासका मन्त्रालय दिएमात्र गरिएका कामहरू जनतासमक्ष देखिने भएकाले त्यस्ता मन्त्रालयमा आफ्नो पार्टीको दाबी रहेको बताए । जनताले गठबन्धनको म्यान्डेट दिएकाले गठबन्धनमा आबद्ध दलहरूको समान हैसियतमा भागबन्डा हुनुपर्नेमा उनले जोड दिए ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब