खर्च कटौती गर्न सबै स्थानीय तह र जिससलाई सरकारको परिपत्र

  • माघ २१, २०७९ | ६९७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सरकारले सबै स्थानीय तहलाई खर्च कटौती गर्न परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति र ७५३ वटै स्थानीय तहलाई आर्थिक वर्ष २०७९–०८० को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्न परिपत्र गरेको हो ।

माघ १७ गते अर्थ मन्त्रालयले यस्तो निर्णय गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई यस्तो परिपत्र गरेको हो । २० प्रतिशत खर्च कटौती हुने खर्च शीर्षकमा कर्मचारी तलब खर्च, जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च, अन्य भ्रमण खर्च, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च, फर्निचर तथा फिक्चर्स खर्च, विविध कार्यक्रम खर्च इन्धन खर्चलगायत रहेका अर्थ सचिव तोयम रायले जानकारी दिए ।

उनका अनुसार देश आर्थिक संकटतर्फ अगाडि बढेको भन्दै वर्तमान सरकारले ल्याएको साझा न्युनतम कार्यक्रममा आधारित भएर अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौतीको निर्णय गरेका हुन् ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब