वैकल्पिक शक्तिको एजेन्डा बोक्नेहरूलाई स्थापित दलहरूले नै सिध्याउँछन् : सीके राउत

  • माघ २७, २०७९ | ४०५ पटक पढिएको | सीमा संदेश
alt

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेन्ड बोकेर आउनेहरूलाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाउनुभएको छ ।

शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले वैकल्पिक शक्तिको एजेन्डा बोकेर आउने राजनीतिक दललाई स्थापित दलहरूले कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले नयाँ शक्तिको एजेन्डा बोकेका वैकल्पिक राजनीतिक दलहरूले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष राउतले राजनीतिक पार्टीको रूपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउन नहुने बताउनुभयो । उहाँले वैकल्पिक शक्तिहरू एक ठाउँमा बसेर क्रान्तिको बीजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सडक आफैँमा सबैभन्दा ठूलो थलो हो । त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्छ । त्यसलाई कम प्राथमिकतामा राख्नु हुँदैन । हामी राजनीतिक पार्टीको रूपमा दर्ता भयो भन्दैमा सबैभन्दा ठूलो प्राथमिकता सरकारमा नै जाने, संसदमा नै जाने भन्ने होइन । सङ्घर्षको माध्यमबाट हामी अघि बढ्नुपर्छ । सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरू एक ठाउँमा आएर कुनै क्रान्तिको बीजारोपण गर्नसक्यो भने भ्रष्टाचार, बेरुजु, कुशासनको विरुद्धमा जान सकिन्छ । रोजगारी सिर्जना, सुशासन कायम गर्ने कुरालाई आधार मानेर अघि बढेमात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ ।’

अध्यक्ष राउतले वैकल्पिक शक्तिहरूले स्थापित तरिका र चुनावकाे माध्यमबाट मात्रै जानसक्ने भन्ने कुरा सोच्न नहुने बताउनुभयो ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब