घरजग्गा कारोबार गर्न अनुमति चाहिने, अनुमति नलिएमा १० लाख जरिवाना

  • फागुन ५, २०७९ | ५६६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । घरजग्गा कारोबार गर्न अबदेखि सरकारी निकायको अनुमति चाहिने भएको छ । 

सरकारले सम्पत्ति शुद्धीकरण तथा व्यावसायिक वातावरण प्रवर्धन केही ऐनलाई संशोधन गर्न बनेको विधेयक अन्तर्गत पेस गरेको विधेयकमा घरजग्गा कारोबारको लागि सरकारी निकायको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । 

फास्टट्रयाकमा सरकारले संशोधन गरेको विधेयकमा मालपोत ऐन २०३४ लाई संशोधन गरेर घरजग्गा कारोबार गर्न सरकारी निकायको अनुमति अनिवार्य गरेको हो । 

“सरकारले राजपत्रमा प्रकाशन गरेको सोही सूचनामा उल्लेख भएको रकमको सीमाभन्दा बढीको घरजग्गा कारोबार गर्दा अनुमति लिनुपर्ने व्यवस्था गरेको हो,” विधेयकमा भनिएको छ । 

घरजग्गा कारोबारको अनुमति लिन सरकारले तोकेको अधिकारी समक्ष निवेदन दिनुपर्ने उल्लेख छ । सरकारले अनुमति दिने अधिकारीको रूपमा भने संघीय सरकार वा प्रदेश सरकारका कर्मचारीलाई तोक्न सक्ने छ । 

सरकारले तोकेको अधिकारीले निवेदनमा छानबिन गरेर पाँच वर्षसम्मको लागि घरजग्गाको कारोबार गर्ने बताइएको छ । 

विधेयकमा कसैले यसरी घरजग्गाको कारोबार अनुमति नलिएर गरेको भए बिगो बमोजिम तथा बिगो नखुलेमा १० लाख रूपैयाँसम्मको जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ । 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब