काठमाडौं । अझै कम्तीमा तीन दिन पानी नपर्ने भएको छ । केही क्षेत्रमा छिटपुट वर्षा भए पनि देशभर ठूलो पानी पर्ने सम्भावना कम्तीमा तीन दिन नरहेको मौसमविद् राजु प्रधानाङ बताउँछन् ।
“जल तथा मौसम विज्ञान विभागसँग रहको मौसमी प्रणाली अध्ययन गर्ने सम्यन्त्रले तीन दिनसम्मको मात्रै मौसम कस्तो रहन्छ भनेर अध्ययन गर्न सक्छ,” राजु भन्छन्, “त्यसभन्दा धेरै दिनको मौसमको अध्ययन नमिल्न पनि सक्छ । त्यसैले हामी तीन दिनभन्दा धेरैको मौसम यस्तो हुन्छ भनेर बताउन सक्दैनौँ । यदि, बतायौं भने पनि त्यो नमिल्न सक्छ ।”

पानी पर्दा हावामा रहेका धुलो र धुवाँ पानीले जमीनमा झार्ने र वायुमण्डल सफा हुने उनी बताउँछन् । तर, पानी नै नपरे पछि हावामा धुलो र धुवाँको कण हुँदा वायु प्रदूषण बढेको उनको भनाइ छ ।
पश्चिमी वायु सक्रिय सक्रिय नहुँदा पानी पर्न नसकेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि त्यो आवश्यक मात्रामा सक्रिय नहुँदा पानी पर्न नसकेको राजुको भनाइ छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved