बन्यो ८ दलीय गठबन्धन, राष्ट्रपतिमा कांग्रेसलाई सघाउने– एमाले सरकारबाट बाहिरिने संकेत

  • फागुन १२, २०७९ | ४३८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । पुस १० गते सरकार गठनका लागि बनेको सत्ता गठबन्धन भत्किएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलका शीर्ष नेताको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेसँगै नयाँ गठबन्धन बनेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि नयाँ गठबन्धन बनेको बताउँदै यही गठबन्धनले समृद्धि हासिल गर्ने काममा लाग्ने बताएका थिए ।

८ दलको निर्णय– राष्ट्रपतिमा कांग्रेस उमेदवार 

प्रधानमन्त्री प्रचण्डले नै संसद्को सबैभन्दा ठूलो राजनीतिक दललाई नै राष्ट्रपति दिनुपर्ने प्रस्ताव गरेका थिए ।

आठ दलीय बैठकमा उनले यस्तो प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

प्रधानमन्त्रीले भने– आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भयो 

“प्रधानमन्त्रीले नै सत्तामा रहेका र प्रतिपक्षमा रहेका दलको बैठक बोलाउनुभएको थियो,” उनले भने, “बैठकमा एउटा एजेन्डामा मात्रै छलफल भयो । संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति दिने भन्ने विषयमा निर्णय पनि भयो । प्रधानमन्त्रीले नै संसद्को ठूलो दललाई राष्ट्रपतिको उमेदवार बनाऔँ भनेर प्रस्ताव गर्नुभयो । हामी सबै सहमत भयौँ ।”

सबै पार्टीले नेपाली कांग्रेसको उमेदवारलाई राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने टुंगो लागेको उनले बताए ।

“व्यक्तिका सन्दर्भमा कांग्रेसले निर्णय गर्नेछ । सहयोग गर्ने निष्कर्ष निकाल्यौँ । पात्रका सम्बन्धमा कांग्रेसले निर्णय गर्नेछ,” उनले भने ।

ओलीले तीतो पोखेर गए, अब नयाँ गठबन्धन बन्यो : प्रधानमन्त्री

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले ‘यो बैठक टर्निङ प्वाइन्ट’ भएको बताएका थिए ।

“चार दलको बैठक पनि बिहान बसेको थियो,” ज्वालाले भने, “ठोस निर्णयभन्दा पनि आजको बसाइ गठबन्धनको हिसाबले पनि नयाँ भयो । राजनीतिक समीकरणको हिसाबले टर्निङ प्वाइन्ट भयो भनेर प्रधानमन्त्रीले भन्नुभयो । उहाँले आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ । यसलाई अघि बढाऔँ । सबै मिलेर जाउँ । जनतालाई सेवा दिने कुरालाई एकतावद्ध गएर जाऔँ भनेर अपील गर्नुभयो ।”

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्रीकै प्रस्ताव थियो– राष्ट्रपति कांग्रेसलाई दिउँ 

उनका अनुसार उमेदवार कांग्रेसले नै चयन गर्नेछ । कांग्रेसले राष्ट्रपति उमेदवार चयन गर्नका लागि शुक्रबार बिहान साढे ८ बजे कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले दाबी गरेका छन् ।

राष्ट्रपतिमा कांग्रेस र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि दाबी थियो ।

नेपालसँग प्रधानमन्त्री प्रचण्डले गरेको गोप्य छलफलपछि कांग्रेसलाई दिन तयार भएको एक नेताले जानकारी दिए ।

लोसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीले यो गठबन्धन बनेपछि एमाले बाहिरिने संकेत बैठकमा गरेका थिए ।

ओलीसँगको छलफलपछि प्रधानमन्त्रीले यस्तो ब्रिफिङ गरेको उनको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँगको भेटमा तीतो पोखेर गएको बताएका थिए ।

उनले आठ राजनीतिक दलका नेताको बैठकमा ओलीसँगको भेटबारे ब्रिफिङ गरेका थिए ।

“एमाले अध्यक्ष ओलीले मसँगको भेटमा तीतो पोखेर गए,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले अब नयाँ गठबन्धन बनेको र सरकार गठनका बेला बनेको गठबन्धन टुटेको ब्रिफिङ गरेका थिए ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब