सिरहा, २१ फागुन । तलब नदिईएको भन्दै सिरहा नगरपालिकाको सफाईकर्मिहरुले सडकमा फोहर फालि प्रर्दशन गरको छ । दैनिक रुपमा बिहान झारु बोकेर फोहर सफा गर्ने सिरहा नगरपालिकाको सफाइकर्मिहरुले आज बिहान घरको फोहर बोकी सडकमा फाल्दै गरेको दृष्यले नगरवासीलाई देखेर अच्भित बनाएका छन्

चार महिनाको तलब नदिइएको र तलब दिन आलटाल गरिरहेको भन्दै आन्दोलनमा उत्रेको एक सफाईकर्मि सुरज मेस्तरले बताए । हामी दैनिक सडक सफाई गरेर नै गुजार गछौँ । तर नगरपालिकले विभिन्न समस्या देखाएर सबै कर्मचारीहरुका तलब भुक्तानी गरियो र हामीहरुका चार महिनाको तलबमा एक महिनाको मात्र तलब पाठएको भनिरहेको छ । हामी गरिब कसरी गुजार चालाउँछु र ऋणमा रासन पानी चार महिना देखि खाएको छौँ । तलब माग मेयर सहाब गुहार्न गएपछि मेयर सहाबले भन्छ, मैले राखेको छु काम गर्नु छ भने गर न त जाहाँ जानु छ जाउ । काम गरेर यस्तो कुरा सुनेपछि आन्दोलन गर्न बाध्य भएका छौँ सफाईकर्मिहरुले बताए ।
तलब नदिइए कममा नफर्किने र दिन भरी सडकमा फोहर फालेर विरुद्ध गर्ने उनीहरुका भनाई छन् ।

यसरी सफाईकर्मिहरुलाई तलब नदिई दुःख दिनु दुःख द हो । महान जाड होलीको बेला सिरहा नगरपालिकालाई दसा लागेको छ । चाड पर्वमा खुशी हुने बेलामा एउटा गरिब दैनिक मजदुरी गर्ने कर्मचारीलाई पनि नगरपालिकाले यसरी व्यवहार गर्नु गैर जिम्मेवार जनप्रतिनिधि र कर्मचारी रेहको पुष्टि गरको नेपाली कांग्रेसका युवा नेता रामबाबु यादबले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved